पशुुको रगत उपयोग गरी कोभिडविरुद्ध भारतमा खोप बनाइँदै

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च तथा भारत बायोटेकले कोभिडविरुद्ध बनाउँदै गरेको कोभ्याक्सिनसम्बन्धी अनुसन्धान पत्रमा वैज्ञानिकहरूले भर्खर जन्मेको गाईवस्तुको रगत खोप बनाउन उपयोग गरेको उल्लेख गरेका छन् । 

कोभिड खोपमा मात्र यसरी पशुको रगत उपयोग गरिएको हैन । भर्खर जन्मेको पशुको रगत सिरम जैविक अनुसन्धानको महत्त्वपूर्ण हिस्सा हो र यो प्रायः अन्य मुलुकबाट भारतमा आयात गरिन्छ । 


Advertisement

अहिले त्यसका विकल्पमा कृत्रिम वस्तुहरू पनि उपलब्ध छन् तर आयातित पशु सिरम कोभिड खोप निर्माण प्रक्रियाको महत्त्वपूर्ण हिस्सा हो । 
 

कोभ्याक्सिनले कोभिड रोगाणुलाई निष्क्रिय तुल्याउँछ र पुनः संक्रमण हुन दिँदैन । तर भाइरसका केही भागलाई शरीरको रोगप्रतिरोधक क्षमताले पहिचान गर्न सक्छ र प्रतिक्रिया जन्माउँछ । 


Advertisement

खोप बनाउनका लागि अफ्रिकी हरियो बाँदरको मिर्गौलाको कोशिकालाई प्रयोगशालामा विकसित गरिन्छ । ती कोशिकामा सार्स–कोभ–२ भाइरस छोडिन्छ । भाइरसलाई लगभग ३६ घन्टासम्म राखेर निष्क्रिय पारिन्छ । 

निष्क्रिय बनेका भाइरसलाई एड्जुभान्ट्स नामक तत्त्वसँग मिसाइन्छ । तिनले इम्युन रेस्पोन्स गराउँछन् । 

प्रयोगशालामा कोशिका विकास गर्नका लागि वैज्ञानिकहरूले कोशिकालाई टुक्य्राउने र विशिष्ट कोशिका बनाउने अवस्था निर्माण गर्नुपर्ने हुन्छ । 

गाईको भ्रूणबाट निकालिने सिरमलाई वैज्ञानिकहरूले व्यापक मात्रामा उपयोग गर्ने गरेका छन् । भ्रूणको सिरम निकाल्नका लागि गर्भवती गाई मारिन्छ र भ्रूण निकालिन्छ । त्यसपछि भ्रूणबाट रगत निकालिन्छ र प्रयोगशालामा लगेर सिरम छुट्ट्याइन्छ । 

नैतिक प्रश्न तथा यस प्रक्रियाको क्रूरताका कारण वैज्ञानिकहरूले भर्खर जन्मेका बाच्छाबाट सिरम निकाल्न थालेका छन् । यस प्रक्रियामा बाच्छो जन्मेको तीनदेखि १० दिनमा त्यसबाट रगत निकालिन्छ । 

तर त्यसमा एउटा समस्या आउँछ । त्यतिखेरसम्म रगतमा एन्टीबडीहरू बन्छन् जसले प्रयोगशालामा गरिने परीक्षणलाई असर पार्छन् । कुनै पनि पशुको रोगप्रतिरोधक क्षमतामा संलग्न रहेका श्वेत रक्तकोशिकाहरू विकसित गर्ने काममा यसले अवरोध गर्छ । 
 

सिरमलाई निश्चित समयसम्म ताप दिँदा यो समस्या समाधान गर्न सकिन्छ । त्यसले कम्प्लिमेन्ट सिस्टमलाई निष्क्रिय तुल्याउँछ । कम्प्लिमेन्ट सिस्टम एन्टीबडी उत्पादन गर्ने इम्युन रेस्पोन्सको एक भाग हो । 

गाईवस्तुको रगत सिरम अन्य पशुको भन्दा बढी उपयोगी हुन्छ किनकि अस्ट्रेलिया, न्युजील्यान्ड र अमेरिकामा गाईवस्तुका विशाल फार्महरू छन् । 

भारतमा गोहत्या गर्न नपाइने भएकाले यस्तो किसिमको रक्त सिरम प्रयोगशालाहरूले विदेशबाट आयात गर्ने गरेका छन् । 

द प्रिन्टमा प्रकाशित रिपोर्ट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्