×

NMB BANK
NIC ASIA

चीनसँगको द्वन्द्वमा भारतसामु तीन विकल्प, सबै उस्तै हानिकारक

असोज २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ जनमुक्ति सेनाले पूर्वी लद्दाखमा ठूलै क्षेत्रफलको भारतीय भूभाग कब्जामा लिएकोमा चीनलाई त्यहाँबाट हटाउन भारतसामु तीन विकल्प रहेको अमेरिकाका दुईजना रणनीतिक मामिला विशेषज्ञहरूले बताएका छन् । 

Muktinath Bank

अमेरिकाको एमआईटी सेन्टर फर इन्टरनेसनल स्टडीजका लागि लेखेको एक पेपरमा एमआईटीका विपिन नारंग र अल्बानी विश्वविद्यालयका क्रिस्टोफर क्लारीले भारतको तीनैवटा विकल्प व्यावहारिक रूपमा हासिल गर्न गाह्रो रहेको उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले भारतको भूभागमा जमाएको आधिपत्यलाई तत्कालै नउल्ट्याए वा प्रतिकार नगरे पछि गएर त्यसो गर्न झनै गाह्रो हुँदै जान्छ । 


Advertisment
Nabil box
Kumari

चीनले लद्दाखमा ‘नवीन सामान्य’ स्थापना गर्न खोजेको छ र थप वार्ताका लागि वार्ता गरेर समय लम्ब्याउँदैछ । ययसँगै उसले रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा आफ्नो प्रतिरक्षा बलियो बनाउने काम गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

यसमा भारतले ढिलाइ गरेमा चीनलाई हटाउन वा पछि धकेल्न झनै गाह्रो पर्छ, पेपरमा तर्क गरिएको छ । 

पेपरको शीर्षक ‘पांगोङमा भारतको दुविधा ः चीनसँगको भिडन्तपछि नयाँ दिल्लीका विकल्पहरू’ हो । 

संसारभरि ५९ ठाउँमध्ये आक्रान्ताले सैन्यीकृत अन्तर्राष्ट्रिय विवादपछि गरिएका भूमि अतिक्रमणमा ४७ ठाउँमा उसैले अर्को एक दशकसम्म त्यस भूमिमा कब्जा गरेको देखिन्छ । ‘यो हेर्दा अब हिमालय क्षेत्रमा चीनले अतिक्रमण गरेको नयाँ भूभागमा नियन्त्रण कायम गरिरहने देखिन्छ,’ रिपोर्टमा भनिएको छ । 

भारतका लागि पहिलो विकल्प भनेको चिनियाँ जनमुक्ति सेनालाई अतिक्रमित भूभागबाट निकाल्ने हो । तर यसका लागि थप सैनिक र सामग्री सीमाक्षेत्रमा राख्नुपर्ने हुन्छ र त्यसको रणनीतिक तथा सामरिक समस्या छन् । 

दोस्रो विकल्प भनेको अन्त कतै गएर चिनियाँ भूभागमा कब्जा गर्नु हो । अनि त्यसैलाई बार्गेनिङको हतियार बनाएर लद्दाखबाट चिनियाँ जनमुक्ति सेनालाई हटाउने काम गर्न सकिन्छ । तर स्थल सीमा वा जलसीमा कतै पनि भारतले चीनलाई चुनौती दिनसक्ने स्थिति छैन । 

तेस्रो विकल्प भनेको चीनले भूभाग अतिक्रमण गरेको सहेर बस्ने अनि वास्तविक नियन्त्रण रेखा अपरिभाषित छ भनी देशभित्र उठ्ने विरोधका आवाजलाई मत्थर पार्ने । तर यसो गर्दा चीनलाई भारतविरुद्ध थप आक्रामक बन्न र थप भूभागमा कब्जा गर्न सहज हुन्छ । 

पेपरमा उल्लेख भएअनुसार, बेइजिङले अतिक्रमित गरेको भूमि फिर्ता लिन भारतसँग एकदमै कम सैन्य, कूटनीतिक वा आर्थिक विकल्प रहेकाले चुपचाप सहनुको विकल्प छैन । तर चीनले भारतका भूमिमा पछि गएर फेरि कब्जा नगरोस् भन्नका लागि सीमामा थप सैनिक तैनाथी गर्नुपर्ने हुन्छ । यस्तो तैनाथी सामान्य समयमा त चुनौतीपूर्ण हुन्छ भने आर्थिक संकट निम्त्याउने कोभिड–१९ महामारीका बेलामा त यो लगभग असम्भव छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x