राष्ट्रपति बनेपछि धेरै साथी गुमाएँ : ट्रम्प

अमेरिकाको राष्ट्रपति बनेपछि आफू एक्लै परेको डोनल्ड ट्रम्पले बताएका छन् । राष्ट्रपति बनेदेखि आफ्ना पुराना साथीहरू बढी नै औपचारिक र आदरार्थी बनेको उनले बताए । 

बिहीवार विस्कन्सिनमा एउटा भेलालाई सम्बोधन गर्दै उनले सफल व्यक्तिहरूलाई आफूले चिनेको तर आफू राष्ट्रपति भएपछि उनीहरूले भिन्न व्यवहार गर्न थालेको बताए । 


Advertisement

‘उनीहरू मलाई फोन गर्दा राष्ट्रपतिज्यू, सर, भेटघाटका लागि समय मिलाउन सकिन्छ भन्छन् । म उनीहरूलाई भन्छु– मलाई डोनल्ड भन न, तिमीले मलाई चिनेको ३० वर्ष भइसक्यो भन्छु ।’

पदको सम्मानले गर्दा व्यक्तिगत सम्बन्धहरू थप कठिन बनेको भनी उनले गुनासो गरे । ‘मैले सबै साथी गुमाइसकें । उनीहरू खुला थिए । गजबका थिए । म रक्सी पिउँदिनँ तर साथीहरूले पिउँदा जुस पिएर बस्थें । अहिले त त्यो पनि सम्भव छैन,’ उनले भीडलाई बताए । 


Advertisement

अहिले त संसद्का मान्छेसँग बस्नुपरेकोले तनाव दिन्छ भनी ट्रम्पले टिप्पणी गर्दा भीड हलल्ल हाँसेको थियो ।

ट्रम्पले सामाजिक जीवनका समस्याका विषयमा यसअघि पनि बताइसकेका छन् । पोहोर साल नर्थ क्यारोलाइनामा आयोजित एक भेलामा उनले आफू राष्ट्रपति बनेपछि साथीहरूको बोली बन्द भएको र उनीहरूले सामान्य व्यवहार गर्नुपर्ने बताएका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्