×

NMB BANK
NIC ASIA

पछिल्लो समय नेपालका सुरक्षा निकायमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएको छ ।

Muktinath Bank

अहिलेसम्म सुरक्षाका सेना, जनपद र सशस्त्र ३ वटा निकायमा ६ हजार भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विषेश गरेर पहिलो पंक्तिमा खटिने प्रहरीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको छ ।


Advertisment
Nabil box
Kumari

जनपद प्रहरीमा हालसम्म ३ हजार ४ सय भन्दा धेरै प्रहरी कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको प्रहरी केन्द्रीय कार्यालय नक्सालको तथ्याङ्क छ ।

Vianet communication
Laxmi Bank

जनपद प्रहरीमा ३४ सय संक्रमित

‘अहिलेसम्म प्रहरीमा ३ हजार ४ सय जनालाई कोरोना संक्रमण भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) कुवेर कठायतले भने, ‘१ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् ।’

केहि समय अगाडि कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएको केन्द्रीय कार्यालय नक्सालमा हालसम्म ५ सय भन्दा धेरै जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अहिले पनि २ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण देखिएका प्रहरी कार्यालयहरूमा नजिकैको अन्य कार्यालयहरूबाट जनशक्ति लगेर शान्ति सुरक्षाको काम भइरहेको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

सशस्त्रमा ९ सय ६० संक्रमित

यस्तै सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ । सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालय हलचोकको तथ्याङ्कअनुसार हालसम्म देशभरमा ९ सय ६० जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ सय २१ जना निको भएर सेवामा फर्किसकेको र ३ सय ३९ जना सक्रिय संक्रमित रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजु अर्यालले बताए ।

‘एपीएफमा ९ सय ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय २१ जनानिको भएर सेवामा फर्किसकेका छन्,’ डीआइजी अर्यालले लोकान्तरसँग भने ।

सक्रिय संक्रमितको संख्या धेरै नभएकाले ड्युटीमा खासै असर नपरेको डीआइजी अर्यालले बताए ।

नेपाली सेनामा १९ सय ४२, १ जनाको ज्यान गयो  

यस्तै नेपाली सेनामा पनि कोरोना भाइरसको संक्रमित बढीरहेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार हिजो पछिल्लो २ दिनमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म १ हजार ९ सय ४२ जना सेनाका सकलदर्जामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ५९ जना निको भएर सेवामा फर्किसकेका छन् ।

सेनामा हाल १ हजार ५ सय ८२ जना संक्रिय संक्रमित छन् भने १ जना सेनाका जवानको कोरोना भाइरसका कारण ज्यान गएको जङ्गी अड्डाले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x