भारतमा फैलिँदै कोरोना, विश्वका अन्य देशको तुलनामा एकैदिन यतिधेरै संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढिरहेको छ।  ५२ लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको भारतमा शुक्रबार मात्रै ६१ हजार ९२० जनामा संक्रमण पुुष्टि भएको छ।  यस्तै हालसम्म ८५ हजार १०२ जनाको मृत्यु समेत भएको छ । 
भारतको तुलनामा पछिल्लो समय अन्य देशमा भने संक्रमणदर न्यून देखिएको छ । शुक्रबार अबेरसम्म अमेरिकामा बितेको २४ घण्टामा १९ हजार २८३, ब्राजिलमा ९ हजार ३८५ तथा रसियामा ५ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि संक्रमितको नयाँ संक्रमितको संख्या न्यून रहेको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्