आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा सञ्चालक संघ सहमत, माग पुरा भयो

काठमाडौं । माग सम्बोधन हुने भएपछि वायुसेवा सञ्चालक संघ आन्तरिक उडान सञ्चालन गर्न तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवा सञ्चालकहरु बीचको छलफलमा शत प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्ने सहमति भएसँगै हवाइ उडान खुल्ने निश्चित भएको हो । 

 सरकारले असोज १ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्रै यात्रु राखेर जहाज उडान नसक्ने वायु सेवा सञ्चालकहरु अडान थियो । 
मन्त्रिपरिषद्को निर्णयमा स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था रहेपनि अहिले सो व्यवस्था हटाइएको पर्यटन मन्त्रालय निकट स्रोतले जनाएको छ । 


Advertisement

वायुसेवा सञ्चालकहरूले आधा मात्रै यात्रु राख्दा लागत खर्च नउठ्ने र भारतलगायतका अन्य देशमा पनि यस्तो व्यवस्था नरहेको तर्क अघि सारेका थिए । 

सरोकारवालासँग छलफलपछि मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र गरेको छ भने सो परिपत्रमा सिट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छैन । मन्त्रालयको परिपत्रसहित सोमबारदेखि नियमित आन्तरिक उडान हुने तय भएको छ । 


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्