राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान, कतिले पाए मानपदवी, अलंकार र पदक ? (विज्ञप्तिसहित)

काठमाडौं– संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसको आधारमा भण्डारीले विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् । 


Advertisement

यस्तै विभिन्न विभूषण सहितको अलंकार ११४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए । 

थप समाचार


Advertisement

यी ५९४ जना, जसले राष्ट्रपतिबाट पाए विभिन्न विभूषण [नामावलीसहित]

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्