×

NMB BANK
NIC ASIA

'संविधान संशोधनमा बिनाबहकाउ तयार होऔं’

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले संविधानका प्रावधान व्यवहारगत रूपमा अपूर्ण देखिए त्यसलाई परिमार्जन गर्न सकिने बताए । तर संविधान संशोधन बहकाउका आधारमा नहुने ओलीको भनाइ थियो । ‘समाजलाई अघि बढाउने क्रममा प्रणालीगत र संरचनागत हिसाबले देश र जनताको आवश्यकताका लागि औचित्यका आधारमा संशोधन गर्नुपर्ने हुन पनि सक्छ,’ उनले भने, ‘त्यसका लागि खुला दिमाग राखेर बिनाबहकाउ तयार रहनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानुनविद् विपिन अधिकारीले सम्पादन गरेको ‘अ ट्रिटिज अन द कन्स्टिच्युसन अफ नेपाल–२०१५’ पुस्तक विमोचन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

‘व्यवहारका क्रममा भोलि गएर अपूर्णता देखिएला, जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन आवश्यक पर्न सक्छ,’ उनले भने, ‘त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । संविधान अपरिवर्तनशील र असंशोधनीय दस्ताबेज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील भन्ने हुँदैन ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । ओलीले हावापानी र भोजनभन्दा पहिले सुरक्षाको प्रश्न आउने भन्दै संविधानले त्यो मर्मलाई बुझेको दाबी गरे ।

किताबमा २ वर्षअघि काठमाडौं स्कुल अफ ल र द साउथ एसिया ट्रस्टद्वारा आयोजित नेपालको संविधानबारे भएको अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, टिप्पणीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली लगायतको विचार समेटिएको छ ।

६ सय ४६ पेजको अंग्रेजी भाषाको पुस्तकमा संविधानविद्का रूपमा अधिकारीले संबिधानमाथि गरेको समीक्षा पनि छापिएको छ । ‘नयाँ संविधानका महत्त्वपूर्ण विषयवस्तु पुस्तकमा समेटिएका छन् । यसले संविधानवादको तुलनात्मक अध्ययनमा सघाउ पुर्‍याउँछ,’ अधिकारीले भने, ‘संविधान कार्यान्वयनका लागि सरकारले गर्नुपर्ने कामबारे दिइएका सुझावले संविधान कार्यान्वयनका सघाउ पुग्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x