×

NMB BANK
NIC ASIA

नेपाल साख निर्धारणमा ढिलाइ

असोज ३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

विदेशी लगानी आकर्षणका लागि महत्त्वपूर्ण मानिने सूचक नेपाल साख (कन्ट्री रेटिङ) निर्धारण गर्ने लामो समयदेखिको नेपालको प्रयासले अझै सार्थकता पाउन सकेको छैन ।

Muktinath Bank

२०७५/७६ को बजेटमकै नेपाल साख निर्धारण गर्न गरिएको यो कार्य सामान्य अवस्थामा एक वर्षमा सकिनु पर्ने थियो । तर प्रक्रियागत ढिलाई र कोभिड महामारीका सृजित विश्वव्यापी बन्दाबन्दीको प्रभावले यस सम्बन्धी अध्ययन नै हुन नसकेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले २०७५ पुसमै एक उच्चस्तरीय समितिसमेत गठन गरेर नेपाल साख निर्धारणको काम अगि बढाएको थियो । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिव संयोजक र नेपाल राष्ट्र बैंङकका डेपुटी गभर्नर, केन्द्रिय तथ्याङक विभागका महानिर्देशक, धितोपत्र बोर्डका अध्यक्ष सदस्य तथा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सदस्य सचिव रहने गरी परीक्षण समिति गठन गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

२०७५ चैतमा सम्पन्न लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता तथा सहभागीले नेपालको सार्वभौम सूचकको आवश्यकतामा जोड दिएपछि सरकारले छिट्टै त्यसको अध्ययन थाल्ने बताएको थियो ।

Vianet communication
Laxmi Bank

खासगरी ऋणदाता संस्था तथा लगानीकर्ताले कुनै पनि मुलुकमा लगानीको अवस्था हेर्न त्यहाँको लगानी जोखिमको स्तर, राजनीतिक स्थिरता रोजगारीको अवस्था लगानीको वातावरण करको सुनिश्चितालगायतका विषयको एकीकृत जानकारी चाहन्छन् । त्यसकै लागि नेपालले यस्तो अध्ययन गर्न थालेको थियो ।

सरकारले परीक्षण समिति गठन गरे पनि सो समिति आफैले भने परीक्षण गर्ने होइन । यस्तै खालका अनुसन्धानमा संलग्न विश्वव्यापी प्रतिष्ठिन कम्पनीलाई संलग्न गराउनु पर्ने हुन्छ । समितिले गत डिसेम्बरभित्रै अध्ययन प्रतिवेदन हात पार्ने गरी काम गर्ने बताएको थियो । तर गत पुसको अन्त्यतिर मात्र अन्तरराष्ट्रिय कम्पनी फिच रेटिङलाई यसको जिम्मेवारी दिने निर्णय भएको थियो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख झक्क आचार्यका अनुसार सो कम्पनीसँग गत फागुनमा मात्र सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

फिच रेटिङ विश्वका प्रमुख तीन रेटिङ एजेन्सीमध्येको एक हो । साख परीक्षणमा योसहित स्ट्यान्डर्ड एन्ड पुअर (एसएन्डपी) र मुडिजले यस्तो परीक्षणको विश्व बजारको ९५ प्रतिशत हिस्सा ओगट् छन् ।

नेपालले हालसम्म कम्पनी चयन गर्नेबाहेक कुनै उपलब्धि हासिल गर्न सकिरहेको छैन । फिचले सम्झौता गरेर छ महिनाभित्र प्रतिवेदन समितिलाई बुझाउने प्रतिवद्धता जनाएको थियो । तर सम्झौता लगत्तै कोरोना महामारीले उग्र रुप लिन थालेपछि उसले काम गर्न नपाएको जनाइएको छ ।

महामारीका कारण आफ्ना विज्ञ अनुसन्धान अधिकृतलाई नेपाल ल्याउन नसकिएको फिचले सूचना दिएको जानकारी महाशाखा प्रमुख आचार्यले बताए । आचार्यले भन्नुभयो, “रेटिङ एजेन्सीले काम सुरु गर्ने सुरसार गर्दै गर्दा आन्तरराष्ट्रिय उडान बन्द हुँदै मुलुक नै बन्दाबन्दीमा गएपछि उनीहरु आउनै पाएनन् ।

हुनत नेपालले हाल अन्तरर्राष्ट्रिय उडान खुला गरिसकेको छ । उनीहरु नेपाल आउन सम्भव पनि देखिएको छ । तर कोरोना प्रकोप नेपालमा उच्च रहेको अवस्थामा अध्ययन अनुसन्धान, भेटघाट, अन्तरवार्ताजस्ता गतिविधि गर्न असहज हुने भएकाले तत्काल काम गर्न सक्ने अवस्था नरहेको आचार्यको भनाइ छ ।

कोभिड महामारीको अवस्था सहज भएपछि मात्र उनीहरु नेपाल आउने र अध्ययन गर्न सम्भव हुने देखिएको भए पनि कहिलेदेखि काम सुरु गर्लान् भन्न नसकिने उनले बताए । कम्पनी प्रतिनिधिले यसबारे मन्त्रालयलाई जानकारी गराइसकेको र आफूहरु कोरोना प्रभाव कम हुने अपेक्षामा रहेको उनको भनाइ छ ।  गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x