×

NMB BANK
NIC ASIA

प्लाज्मा थेरापी गर्न एन्टिबडी 'परीक्षण जरुरी’

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विज्ञहरूले कोभिड–१९ का जटिल बिरामीलाई कन्भल्सेन्ट प्लाज्मा थेरापीमार्फत उपचार गर्नुअघि रक्तदाताको शरीरमा रोगविरुद्घको प्रतिरोधी क्षमता (एन्टिबडी) बढे–नबढेको सुनिश्चित गर्नुपर्ने बताएका छन् । थेरापीका लागि छानिएका दाताको रगतमा एन्टिबडी परीक्षण गर्नुपर्नेमा उनीहरूको जोड छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा सुरु गरेको कन्भल्सेन्ट प्लाज्मा थेरापीअन्तर्गत हालसम्म दाताको शरीरमा एन्टिबडीको मात्रा हेरिने गरिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल मुलुकका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा ‘अवलोकनात्मक अध्ययन’ का रूपमा कोभिडका बिरामीहरूको प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । रोग निको भइसकेका दाताको रगतमा प्रभावकारी रूपमा कोभिडविरुद्घको एन्टिबडी नभए यसले उपचार प्रक्रियामा खासै फाइदा नहुने विज्ञहरूको दाबी छ ।


Advertisment
Nabil box
Kumari

‘बिरामीलाई प्लाज्मा थेरापी दिनुभन्दा अघि दाताको शरीरमा कोभिडविरुद्घको एन्टिबडी बनेको छ वा छैन यसको परीक्षण अत्यावश्यक छ,’ त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोद यादवले भने, ‘परीक्षण नगरी लिइएको प्लाज्मामा एन्टिबडी छ वा छैन सुनिश्चित नहुने भएकाले यो अँध्यारोमा तीर हान्नुजस्तो मात्रै हुनेछ ।’

Vianet communication
Laxmi Bank

विज्ञहरूका अनुसार कोभिडविरुद्घ सबै व्यक्तिमा एन्टिबडी बन्दैन । बन्नेहरूमा पनि कसैमा कम त कसैमा बढी बन्छ । यो एन्टिबडी कति जनामा बन्छ वा बन्दैन यसबारे अध्ययन नै छैन । डा. यादवले भने, ‘त्यसकारण एन्टिबडीको स्तर हेरेपछि मात्र उपयुक्त देखिए प्लाज्मा दानमा लिनुपर्छ ।’

जति बढी सेना (एन्टिबडी) त्यति बढी शत्रु (कोभिडको भाइरस) नास हुन्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्माले भने, ‘दाताको शरीरबाट प्लाज्मा लिनुभन्दा अगाडि एन्टिबडी हेर्न पाए राम्रो हो ।’

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म १२ जना कोभिड संक्रमितको यसै माध्यमबाट उपचार भइसकेको छ । स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार देशभर ४१ जनाको प्लाज्मा थेरापी भइसकेको छ ।

‘जसले प्लाज्मा दान दिइरहेका छन्, त्यसमा एन्टिबडी छ वा छैन अथवा कति छ, त्यो निश्चित हुने स्थिति छैन,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘हाल हामी जुन व्यक्ति संक्रमित भएर निको भएका छन्, उनीहरूका एन्टिबडी बनेको हुनुपर्छ भन्ने मान्यताअनुसार प्लाज्मा थेरापी गर्दै छौं ।’

कोभिडको लक्षण भएर निको भएका प्लाज्मा दातालाई प्राथमिकता दिने गरेको बताउँदै उनले भने, ‘अहिलेसम्म हामीले गरेको प्लाज्मा थेरापीअन्तर्गत हरेक व्यक्तिको करिब १० मिलिलिटर प्लाज्मा पछि एन्टिबडीबारे जाँच गर्न सुरक्षितसमेत राखेका छौं ।’ डा. यादवले प्लाज्मा दान दिने व्यक्तिमा रगतको मात्रा १२ युनिटभन्दा बढ्दा एन्टिबडीको स्तर उल्लेख्य हुनुपर्ने बताए ।

कस्ता बिरामीलाई थेरापी ?
मुलुकमा प्लाज्मा थेरापी गर्नुपर्ने कोभिड बिरामीको मापदण्डसमेत तोकिएको छ । यसअन्तर्गत अक्सिजन दिनुपर्ने आवश्यकता भएका सघन उपचार कक्ष (आईसीयू) मा रहेको बिरामी हुनुपर्छ । दुवै फोक्सोमा निमोनिया हुनुका साथै ‘अक्सिजन स्याचुरेसन’ ९२ प्रतिशतभन्दा कम हुनुपर्छ । बिरामीको श्वास फेर्ने दर एक मिनेटमा ३० पटकभन्दा माथिसमेत हुनुपर्ने डा. दासको भनाइ छ ।

यस्तै, थेरापीका लागि प्लाज्मा दान गर्ने व्यक्तिमा पछिल्लोपटक पीसीआर प्रतिवेदन नेगेटिभ हुनुका साथै कोभिडको लक्षण निको भएको दुई साता भएको हुनुपर्छ । रक्तदाता र ग्रहणकर्ताको रक्त समूहसमेत मिल्नुपर्छ । एक जना कोभिड बिरामीलाई थेरापीअन्तर्गत करिब दुई सय मिलिलिटर प्लाज्मा चाहिन्छ ।

तीन साताअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘डब्लूएचओको मान्यताअनुसार प्लाज्मा थेरापी प्रयोगात्मक स्तरमा छ र यसको मूल्यांकन जारी रहनुपर्छ ।’ डा. स्वामिनाथनले यो उपचारलाई प्रामाणिक रूप दिन मुस्किल रहेको बताएकी थिइन् । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x