सुशान्तसिंह र सारा अलि खानको यो पूरानो भिडियो, अहिले भयो भाइरल [भिडियोसहित]

बलिउड नायिका सारा अली खान समय समयमा चर्चामा आइरहन्छिन् । पछिल्ला केही दिन उनी सुशान्त सिंह राजपूतलाई लिएर चर्चामा छिन् । 

नायिका खानले चलचित्र 'केदारनाथ'बाट बलिउडमा डेब्यू गरेकी थिइन्, जसमा उनले सुशान्तको साथ मुख्य भूमिका निभाएकी थिइन् । 


Advertisement

केदारनाथमा सारा र सुशान्तको केमेस्ट्री उनीहरूका फ्यानले खुब रुचाएका थिएन । 

अहिले इन्टरनेटमा सुशान्तका एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा सारा र सुशान्त सलमान खानको चर्चित शो बिग बोसको स्टेजमा देखिन्छन् । 


Advertisement

यस भिडियोमा सलमानले सारा र सुशान्तलाई एक काम दिन्छन् । जसमा सुशान्तले आफ्नो कानमा हेडफोन लगाउँछन् तर पनि उनले केही सुन्दैनन् । 

सारा अगाडि बोलिरहेकी हुन्छिन् । सुशान्तले साराको लिप सिंकिंग देखेर के बोलिरहेकी छन्, अनुमान लगाउँछन् । 

भिडियोमा देख्न सकिन्छ कि सारा, भूत का भूतिया बंगला बोलिरहेकी छिन्, जसमा सुशान्त त्यही बोल्ने प्रयास गरिरहेका छन् । 

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

सुशान्तले केही समयअघि मृत्यु भएको छ । सुशान्तका फ्यानहरूले अहिले उनलाई सम्झिरहेका छन् भने उनको मृत्युको कारणबारे अनुसन्धान चलिरहेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्