पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
संघीयता, समावेशीकरण र राज्यको पुनःसंरचनाको उत्कट चाहनासहित जनताका प्रतिनिधिद्वारा निर्मित संविधान कार्यान्वयनको पाँचौ वर्षमा प्रवेश गरेको छ । संविधानले समाजवादउन्मुख, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ र सो लक्ष्य प्राप्त गर्न राज्यलाई निर्देश गरेको छ ।
राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड गर्नुको कारण पनि संविधानका भावना कार्यान्वयनमा ल्याउन हो । तर राजनीतिक रूपमा संविधान कार्यान्वयन जति सहज छ, त्योभन्दा जटिल आर्थिक उद्देश्यलाई कार्यान्वयन गर्नमा रहन्छ । संवैधानिक आर्थिक लक्ष्यहरू प्राप्त गर्न लामो समयसम्म आर्थिक प्रक्रिया र पात्रहरू क्रियाशील भएपछि मात्र सम्भव छ ।
संविधान कार्यान्वयन गर्नु राष्ट्र निर्माण र राष्ट्रिय भावनाको मजबुतीकरण गर्न हो । राष्ट्र निर्माण वा राष्ट्रिय भावनाको विकास भनेको साझा पहिचान, साझा बर्चश्व, साझा समृद्धि निर्माण र समृद्धिको समन्यायिक वितरण हो । संविधान सबै नेपालीको आशा र आकांक्षाको बिम्ब हो ।
संविधानको निर्देशक सिद्धान्त तथा राज्यका नीतिहरू तिनै आकांक्षा पूरा गर्ने दिशामा क्रियाशील हुन्छन् । आर्थिक असमानता, गरीबी र बेरोजगारीले नेपालीहरू आक्रान्त छन् । आर्थिक वृद्धि न्यून छ । उत्पादन क्षेत्र साह्रै कमजोर छ । आठांै योजनादेखि शुरू गरिएको प्रथम चरणको सुधार कार्यले गति पक्डिन सकेका छैनन् । पुँजी निर्माणको गति सुस्त छ । छिमेकी मुलुकहरू समृद्धिको रफ्तारमा प्रतिस्पर्धा गरिरहँदा हामी भने गरीबी हटाउने, असमानता घटाउने र विकासको पूर्वाधार निर्माण गर्ने जस्ता सामान्य अवस्था प्राप्त गर्न संघर्षरत छौं । यस अविकासको अवस्थाबाट मुक्ति पाएर विकास र समृद्धिको अवस्थामा हामी कहिले पुग्ने ? संविधानले निर्दिष्ट गरेको आर्थिक समृद्धि सहितको सामाजिक न्याय कसरी प्राप्त गर्ने ? यसका लागि राज्यका अंग र संरचनालाई कसरी आक्रामक बनाउने ? यस्ता प्रश्नको गम्भीर समीक्षा गर्नुपर्ने भएको छ ।
संविधान जारीपछि नेपाल एकात्मक राज्य प्रणालीबाट संघात्मक शासकीय संरचनामा रुपायित भएको छ । संघीय तहहरू राष्ट्रिय समृद्धिका साझेदार हुन् । शासकीय इकाइहरू धेरै हुनु भनेको आर्थिक सम्भावना र प्राकृतिक स्रोतको पहिचान गरी समृद्धिका लागि अभ्यास गर्ने स्थलहरू धेरै छन्, भन्नु पनि हो । विकेन्द्रीत आवश्यकतामा उपलब्ध क्षमताको उपयोग गरी स्थानीय आर्थिक जग निर्माणमार्फत् राष्ट्रिय समृद्धि विस्तार गर्छन् भन्नु हो । राज्यको पुनःसंरचना गर्दा इकाइहरूको क्षमता, अधिकार तथा कामको बाँडफाँड यही उद्देश्यका लागि गरिएको हो । सार्वभौमशक्तिलाई एकस्थानमा नराखी सीमित विभाजन गर्नुको अभिष्ट स्थानीय सम्भावनाको भरपुर उपयोग गरी समृद्ध अर्थतन्त्र निर्माण गर्नु हो । ताकि प्रत्येक नागरिक समृद्धिको समान हिस्सेदार बन्न सकून् । आफ्नो सुरक्षित भविष्यप्रति आश्वस्त बन्न सकून् र राष्ट्रको सदस्य हुनुको स्वाधीन गर्व गर्न सकून् । त्यसैले संविधान वा संघीयता राजनीतिक व्यवस्थापनभन्दा नागरिक हितका लागि स्रोतसाधनको आदर्श अभ्यास गर्ने अवसरको वडापत्र हो । राज्यका अंग र इकाइहरू यही भावनालाई जीवन्त क्रियाशील बनाउने भूमिकामा रहन्छन् । अन्यथा राजनीतिक प्रणाली परिवर्तनको अर्थ अझ भनौं लोकतन्त्रको वास्तविक वितरण जनस्तरसम्म पुग्दैन र जनतामा निराशा फैलिन्छ ।
आर्थिक समृद्धिका लागि हामीसँग चुनौती मात्र होइनन्, प्रशस्त सम्भावनाहरू छन्, तिनीहरूको व्यवस्थापन मात्र उपयुक्त रूपमा हुन नसकको हो । संविधानमा सबै नेपालीका आकांक्षा र दूरकालीन गन्तव्यको बिम्ब छ । यसले राज्यका तहलाई आ–आफ्ना सम्भावना उपयोग गरी नागरिक आवश्यकता र अपेक्षा पूरा गर्ने अधिकार, स्रोत र जिम्मेवारी विनियोजित छ । आर्थिक निर्णय र नीति कार्यक्रमका लागि आ–आफ्ना सभाहरू छन्, कार्यान्वयनको कार्यकारी संयन्त्र छ । शासकीय इकाइबीच ठाडो तथा समतलीय रूपमा सहकार्य गर्ने प्रणाली पनि छ । नियन्त्रण र सन्तुलन सहितको जवाफदेहिताको स्वचालित संयन्त्र छ । आफ्ना लागि गरिने काम आफ्ना हितभन्दा पर जान नदिन स्वयं नागरिक पहरेदारीका संयन्त्रहरू उपयोग गर्न सक्छन् । आम निर्वाचनपछि नागरिक संस्थाहरू क्रियाशील भएका छन् । यसले नीति तथा शासकीय स्थायित्वको सन्देश पनि दिएको छ ।
आर्थिक अवस्था कमजोर भए पनि सम्भावनाको दृष्टिमा नेपाल विकासको सुनौलो भविष्यको द्योतन गर्छ । सम्भावनाको उपयोग गरेर नै आर्थिक उपयोगिता सिर्जना गरिने हो । पहिलो कुरा नेपालको अवस्थिति नै रणनीतिक किसिमको छ । २ विशाल र उदीयमान अर्थतन्त्रबीच नेपाल भुपरिवेष्ठित रूपमा रहेको छ । नेपालभित्र वस्तु सेवा उत्पादन गर्न सके विश्व जनसंख्याको एकतिहाइ हिस्सा ओगट्ने बजारको उपलब्धता हामीसँग छ । यो अवस्थिति नै हाम्रो ठूलो सम्भावना हो । १९६१ तिर अरनिको राजमार्ग बनाउँदाको बखत रहेको चीन–भारत सम्बन्धको अवस्था अहिले छैन । भारत–चीन व्यापार र आर्थिक सम्बन्ध नब्बेको दशकबाट निरन्तर बढ्दैछ । २ मुलुक एकअर्काका महत्त्वपूर्ण आर्थिक साझेदार बनेका छन् । नेपाल मध्यस्थ (ट्रान्जिट) को फाइदा लिन सक्छ । उदार व्यापार नीति, उत्तरदक्षिण कोरिडोर र २ मुलुकबीचको सन्तुलित सम्बन्धले नेपाल ‘ल्याण्लक्ड’बाट ‘ल्याण्डलिंक्ड’को अवस्थामा पुगी दुवै अर्थतन्त्रले छाडेको स्पेसको फाइदा लिनसक्ने अवस्थामा छ । समृद्धिका यात्रामा लागेका छिमेकीसँग साझेदारी साथ स्थानीय अर्थतन्त्रको गतिशीलता बढाउन सकिने सम्भावना प्रशस्तै छ ।
नेपालको अर्थतन्त्र सानो छ । अर्थतन्त्र समावेशीभन्दा पनि कृषिमा आधारित छ, कृषि परम्परागत प्रविधिमा आधारित छ, अस्वस्थ्य भूसम्बन्धको हाबी छ, खेती मनसुन प्रभावित छ र कृषिभित्र मनोवैज्ञानिक समस्या पनि छ । जग्गा सम्पत्तिको स्रोत मानिएको छ, उत्पादनको साधन होइन । प्रविधि, सिँचाइ र मलखादजस्ता कृषि साधन (इन्पुट) को अपर्याप्तता छ । कृषि पेशा उपेक्षित भएकाले धनी, युवा, पढालेखाहरू, लगानीकर्ताहरू कृषिलाई व्यवसायका रूपमा लिँदैनन्, सर्वसाधारण यसलाई निर्वाह सम्झिन्छन् । परिमाणतः कूल कृषियोग्य जमिनमध्ये एकतिहाइ (१० लाख हेक्टर) बाँझो छ तर मुलुकमा खाद्य अभाव छ । आधुनिक प्रविधि र पढालेखा युवाहरू कृषिमा उपयोग गरी कृषिको आमूल परिवर्तनका लागि जबरजस्त अभिमुखीकरण नगरी हाम्रो समृद्धिको सपना पूरा गर्न सकिँदैन । अर्थतन्त्रको संरचनात्मक सुधार पनि हुँदैन र सामाजिक सम्बन्ध, सकारात्मकतासहित स्वाबलम्बनको संस्कृति विकास गर्न पनि सकिँदैन । हालै जारी गरिएको भूमि नीति र भूउपयोग ऐनमार्फत भूमिको उत्पादनशील उपयोेग गरी कृषि उत्पादनमार्फत खाद्य सुरक्षा प्राप्त गर्न सकिन्छ । तर यसको तत्परता देखिइसकेको छैन । राजनीतिक समाज पनि विभाजित छ । राजनीतिक समाजमा मतैक्य निर्माण र तहगत इकाइमा तत्काल क्षमता विकास गरी विदेशमा सिकेको सीप (सामाजिक विप्रेषण) उपयोग गर्नुको विकल्प छैन ।
भूमिपछि जलस्रोतको उपयोग गर्न सकिने धेरै ठूलो सम्भावना छ । नेपालमा रहेको ठाडो भूधरातल, सानाठूला गरी ६ हजार जति हिमनदी, यी हिमनदीबाट वार्षिक रूपमा उच्च बहावमा बग्ने २ खर्ब २४ अर्ब ३१ करोड घनमिटर पानी हाम्रा समृद्धिका आधार हुन् । यो बहावबाट करीब २ लाख मेगावाट सफा विद्युत् उत्पादन गरी घरेलु तथा यस क्षेत्रकै विद्युत् आवश्यकता पूरा गर्न सकिन्छ । विद्युत् उत्पादनले पानीको ‘कन्जम्टिभ युज’ नहुने हुनाले यसको बहुपक्षीय उपयोग पनि गर्न सकिन्छ । तर प्रविधि विकास हुँदै जाँदा सौर्यखेतीको लागत घट्दैछ । छिटो नगरे पर्याप्त सम्भावना बोकेको जलसम्पदाबाट हामी सधैका लागि ठगिने छौं ।
प्राकृतिक स्रोत, सौन्दर्य र सांस्कृतिक वैभवबाट पर्यटनमार्फत समृद्धिको दीगोपना पाउन सकिन्छ । पर्यटन एकसाथ पहिचान विस्तार, सम्बन्ध सुदृढीकरण र रोजगारी प्रवद्र्धनको माध्यम बन्न सक्छ । नेपाल सांस्कृतिक, जैविक र भौगोलिक विविधताले सम्पन्न छ । हाम्रा पर्वतीय सुन्दरता, सभ्यता र संस्कृति समृद्धिलाई दीगो बनाउने आधार हुन् । हाम्रो वैदिक ज्ञान र पौराणिक संस्कृतिले हिन्दू र बौद्ध सम्प्रदायको ठूलो समुदायलाई तान्न सक्छ । जीवित देवी कुमारी, विश्वको सर्वोच्च शिखर सगरमाथा, बुद्ध तथा सीताको जन्मभूमि हाम्रा एकाधिकारका वैभव हुन् । मुक्तिनाथ, पशुपतिनाथ र डोलेश्वर हाम्रा संस्कृतिका वैभव हुन् । अरु धेरै मूर्त–अमूर्त वैभव हामीमा अन्तरनिहीत छन् । यी समृद्धिलाई दीगोपन दिन विशिष्ट आधार हुन् ।
भौगर्भिक खानीको उत्खनन् गर्न सकिने धेरै सम्भावना छन् । वन तथा जैविक विविधताको उपयोगले आर्थिक तथा वातावरणीय लाभ लिन सक्छौं तर यसतर्फ ध्यान दिइएको छैन । यसर्थ कृषिमार्फत खाद्य सुरक्षा, जलसम्पदा तथा प्राकृतिक स्रोतमार्फत उच्च आर्थिक वृद्धि र पर्यटनमार्फत वृद्धिको दीगोपना हाम्रा विशिष्ट सम्भावना हुन् । नेपालको आर्थिक विकासका नेतृत्वदायी क्षेत्र यिनै हुन् ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाले भन्नुभएको थियो, ‘आर्थिक विकासले कवच दिन सकिएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन ।’ लोकतन्त्रको वास्तविक अर्थ भनेको समृद्धिको निर्माण र समन्यायिक वितरण हो । सरकारका तहहरू आर्थिक पुनरुत्थानमा निजी, सामदायिक तथा अन्य क्षेत्रको क्षमताको उपयोग गरी स्थानीय स्तरदेखि उत्पादनशील रोजगारी सिर्जना गर्नमा सतत हुनुपर्छ । सरकारका तहहरू लगानी तथा उत्पादनको वातावरण निर्माणमा लाग्नुपर्छ । अनि मात्र आर्थिक संघीयताको कार्यान्वयन हुन्छ । स्थानीय स्तरदेखि नै व्यापक रूपमा आर्थिक संरचना विस्तार नगरी संविधान र संघीयताको आर्थिक पक्ष कार्यान्वयन नै हुँदैन । के भुल्नु हुन्न भने स्वतन्त्रता पनि धेरै हदमा समृद्धिको विस्तार हो, लोकतन्त्रले समृद्धि र स्वतन्त्रतालाई साथै लान सकेन भने स्वतन्त्रताको कुनै अर्थ रहँदैन ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...