माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमण फैलिरहेका बेला कारागार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक प्रदीपराज कणेलले देशैभरका कारागारमा परिपत्र गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाउन निर्देशन दिए ।
तर कणेल असार २८ गते सिरहा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर आए । जिल्लाको कारागारमा समेत सीडीओको प्रत्यक्ष निर्देशन चल्छ । जिल्लाभित्र कोरोना रोकथाम गर्ने जिम्मेवारी समेत सीडीओमाथि हुन्छ ।
कोरोना, कारागार र सुरक्षा सावधानी सबै बुझेका सीडीओ कार्यरत जिल्लामा कैदीबन्दी कोरोनाबाट सुरक्षित हुनुपर्नेमा सिरहा कारागारमा भयावह अवस्था छ ।
सिरहा जिल्ला कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागार कोरोनाको ‘हटस्पट’ मात्र भएको छैन, सिंगो कारागारलाई नै आइसोलेसन बनाउनु परेको छ ।
कारागार विभागबाट कणेलको परिपत्र
विभागमा हुँदा तत्कालीन महानिर्देशक कणेलले फागुन महिनादेखि नै कैदीबन्दीलाई कोरोना संक्रमणबाट बचाउन पर्याप्त सतर्कता अपनाउन पटक–पटक परिपत्र सहितको निर्देशन गरेका थिए । चैत ११ गते लकडाउन शुरू भएलगत्तै कारागारमा कैदीबन्दीसँगको भेटघाट पूर्ण रूपले निषेध गरिएको थियो ।
कणेलकै नेतृत्वमा विभागले थुनछेकको क्रममा पुर्पक्षका लागि अदालतको आदेशबाट कारागार पठाइने थुनुवालाई जेलमा १४ दिनसम्म छुट्टै क्वारेन्टीनमा राख्नुपर्ने, कैदीबन्दीको अन्य जेलमा स्थानान्तरण अर्को निर्देशन नआउञ्जेलसम्म बन्द गर्ने, कारागार पठाउने बेला पीसीआर परीक्षण गरेर मात्र भित्र जेलमा राख्ने, कैदीबन्दीलाई अस्पताल वा न्यायिक निकायमा उपस्थित गराउनुपर्दा पनि पीसीआर परीक्षण गराएर मात्र जेलभित्र ल्याउने लगायतका निर्देशन दिएको थियो ।
अत्यावश्यक कामका लागि बन्दीगृहभित्र सुरक्षाकर्मी वा कर्मचारी प्रवेश गर्नु पर्दा साबुन पानीले राम्ररी हात धुने, मास्क लगाउने, कैदीबन्दीसँग न्यूनतम भौतिक दूरी ३ फिट कायम गर्ने, कारागारमा सरसफाइदेखि स्यानिटाइजेसनको काम नियमित रूपमा गर्ने, अस्थायी टहरासहित क्वारेन्टीन बनाउने लगायतका उपाय कणेलको नेतृत्वमा विभागले सुझाएको थियो । तर कणेल जिल्लामा आएपछि जिल्लाकै कारागारले विभागको पूर्ववत् निर्देशन लागू गर्न सकेन कि ? कारागारमा संक्रमण व्यापक फैलियो ।
कस्तो छ कारागारको अवस्था
सीडीओ कणेलका अनुसार भदौ ३१ गतेसम्म कारागारमा कूल ५०७ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ, जसमध्ये भदौ ३१ गते नै ७ जना संक्रमित थुनुवा आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कारागारका जेलर बबिता महतोका अनुसार कारागारभित्र ५९९ जना कैदी रहेकोमा २० जना महिला, २ जना आश्रित बालबालिका र ४८७ जना पुरुष कोरोना संक्रमित भएका छन् ।
थोरै संख्यामा कोरोना संक्रमित हुनसक्ने आकलनसहित जेलभित्र नै बनाइएको अस्थायी टहरा अहिले साँघुरो भएको छ । कोरोना संक्रमितका लागि बनाइएको टहरामा संक्रमण नभएकालाई राखेर संक्रमितलाई मुख्य बन्दी गृहभित्र राखेर कारागारलाई नै आइसोलेसनमा रूपान्तरण गरिएको छ ।
कसरी गरिएको छ संकट व्यवस्थापन ?
प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई गत आर्थिक वर्षमा पठाएको ५० लाख रुपैयाँ सिरहाको जिल्ला अस्पतालमा आइसोलेसन अस्पताल बनाउन खर्च भयो । २ वटा भेन्टीलेटर, ५ वटा मोनिटर सहितको आईसीयू शय्या सञ्चालन गर्नमा रकम खर्च भयो । ५० लाख रुपैयाँमध्ये १ लाख २५ हजार रुपैयाँ मात्र बाँकी रहेको कणेलले बताए ।
जेलका अधिकांश कैदीबन्दीमा संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ भने कैदी भाग्न सक्ने आकलनसहित कारागारको विकल्पमा पुरानो जिल्ला प्रशासन कार्यालयको भवनलाई जेल स्वरूप बनाउन मर्मतको काम थालिएको छ । ‘जेलको विकल्प भनेको जेल नै हुन्छ । अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको १७ लाख रुपैयाँबाट तत्काल विकल्पका लागि अर्को जेलको रूपमा प्रयोग गर्न सकिने गरी ग्रिल लगाउने, मर्मत सम्भार गर्ने लगायतका काम थालिएको छ,’ उनले भने ।
कोरोना परीक्षण गर्न जिल्लामा पीसीआर मशिन छैन । स्वाब संकलन गरेर अन्य ठाउँमा पठाउँदा स्वाब संकलन गरिएको १ हप्तापछि मात्र रिपोर्ट आउने हुँदा समस्या भएको उनले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा हिरासतभित्र रहेका थुनुवालाई पीसीआर परीक्षण गरेर मात्र राख्ने गरिएको भए पनि अस्पताल, सरकारी वकिलको कार्यालयदेखि अदालतसम्म अभियुक्तको मोबिलिटी हुन्छ,’ उनले भने, ‘त्यही क्रममा पनि अभियुक्तहरू संक्रमित हुनसक्ने र थुनाका लागि कारागारमा पठाइएको बेला सबै कैदीबन्दीमा संक्रमण बढेको हुन सक्छ ।’
जेलभित्र रहेका थुनुवासँग बाहिरी व्यक्तिको भेटघाट पूर्ण रूपमा बन्द भएको कारण थुनुवा, सुरक्षाकर्मी, जेलका कर्मचारी वा जेलका आन्तरिक सुरक्षामा खटिने कैदीबन्दी दाइ–नाइके तथा भाइ–नाइकेबाट पनि संक्रमण सरेको हुनसक्ने तर्क उनी गर्छन् । ‘जेलका कर्मचारीदेखि सुरक्षाकर्मीको स्वाब परीक्षण नै गरिएको छैन,’ कणेलले भने, ‘परीक्षणपश्चात पोजेटिभ आए आइसोलेसनमा बस्नुपर्ने भन्दै सर्वसाधारणले नै परीक्षण गराइरहेका छैनन्, त्यसैगरी उहाँहरूले पनि परीक्षण नगराएको हुन सक्छ ।’
जेलको आन्तरिक प्रशासनका रूपमा खटिने गरेका दाइ–नाइके र भाइ–नाइकेमध्ये ३ जना नाइके संक्रमित भएका छन् । ‘उनीहरू म आउनुअघि सिरहाभन्दा धेरै टाढा गोल बजारसम्म सामान किन्न जाने गरेका थिए,’ कणेलले भने, ‘मैले जानकारी पाएपछि नाइकेलाई बाहिर जान रोक लगाएको छु ।’
दाइ–नाइकेहरू मास्क, ग्लोभ्स लगायत सुरक्षा सामग्री लगाएर मेस सञ्चालनका लागि तरकारीदेखि अन्य खाद्यान्न सामग्री, अत्यावश्यक सामग्रीहरू किनेर ल्याउने गरे पनि स्यानिटाइज गरेपछि मात्र जेलभित्र प्रवेश गर्न दिने गरिएको जेलर महतो बताउँछिन् ।
धेरै कैदीबन्दी संक्रमित भएपछि स्थानीय तहका स्वास्थ्यकर्मीदेखि सिरहा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई समेत पालैपालो परिचालन गरिएको छ । कुनै गम्भीर बिरामी भए नजिकको जिल्ला अस्पतालको आइसोलेसन वा प्रादेशिक अस्पताल जनकपुरदेखि धरान, विराटनगरसम्म पुर्याउने तयारी गरिएको उनले बताए ।
कोरोना संकट व्यवस्थापनका लागि सबैभन्दा ठूलो समस्या बजेट नै रहेको कणेल बताउँछन् । संघ सरकारले पछि दिने भनेर तत्काल जिल्लाका ८ वटा स्थानीय सरकार, प्रदेश सरकारको मुख्यमन्त्री लालबाबु राउतदेखि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवसँग दिनहुँ सम्पर्कमा रहेको उनले बताए । ‘मैले चाहेर मात्र पनि केही गर्न सकिने अवस्था छैन,’ कणेलले भने, ‘चेन अफ कमाण्डमा नै चल्ने हो, जे जस्तो आदेश माथिबाट आउँछ, त्यस अनुसार नै चल्ने हो ।’
कोरोना विरुद्धको लडाइँका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले २० लाख रुपैयाँ दिएको थियो । औषधि, स्यानिटाइजर, मास्क, ग्लोभ्स, साबुन–पानी, पीपीई लगायत रकम खर्च भइसकेको र चालू आर्थिक वर्षको साउन र भदौ महिनाका लागि पनि बजेट पठाइदिने भनेर प्रदेश सरकारले आश्वासन दिएको जेलर महतोले बताइन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...