×

NMB BANK
NIC ASIA

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधान मार्गदर्शक : प्रधानमन्त्री ओली

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आवश्यक सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गर्दै विशेष समारोहबीच आज छैटौँ संविधान दिवस मनाइएको छ ।

Muktinath Bank

समारोहमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ कारण मुलुकले सोचेअनुसारको लक्ष्य हासिल गर्ने सन्दर्भमा केही व्यवधान खडा भए पनि जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे। अर्थतन्त्रका अन्य सूचक, दुरुस्त रहेको अवस्थामा पर्यटनलगायत सेवा क्षेत्र सञ्चालन हुनासाथ आर्थिक वृद्धिले अपेक्षा गरेकै दरमा प्रगति हासिल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“महामारी अस्थायी परिघटना हो, यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अघि बढ्ने छ”, प्रधानमन्त्री ओलीले भने, “यसका लागि संविधान मार्गदर्शक रहेको छ ।”


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो वर्ष जनआकाङ्क्षा पूरा गर्दै त्यसलाई अघि बढाउन आधार तयार गरिएको बताए । गत वर्षदेखि यस दिनलाई राष्ट्रिय दिवसका रुपमा घरघरमा चर्चा हुने गरी मनाउन थालिएको प्रधानमन्त्री ओलीले स्मरण गरे। यस वर्ष भने सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने तथा अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिने कोभिड–१९ महामारी फैलिएकाले त्यसलाई ख्याल गरेर दिवस मनाइएको उनले बताए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीपछि जनजीवन सामान्य हुन नसकेको दुःखद स्थितिबारे बताउँदै मुलुकमा अहिलेसम्म ६० हजारभन्दा बढी सङ्क्रमित भएकामा ४३ हजारको निको भइसकेको जानकारी दिए । उनले भने, ‘‘महामारीमा देशभित्र झण्डै चार सय र बाहिर पनि सयौँ नेपालीको ज्यान गएको छ । महामारीका अतिरिक्त अतिवृष्टिका कारण भएको प्राकृतिक विपत्तिमा परी धेरैले ज्यान गुमाउनुपरेको तथा कतिले सिङ्गो परिवार नै गुमाउनुपरेको छ । केही बस्ती नै सखाप भएको छ ।’’ महामारीबाट ज्यान गुमाउने जत्तिकै सङ्ख्यामा विपद्का कारण ज्यान गुमाउन पुगेकाको विषम अवस्थामा प्रधानमन्त्री ओलीले सबै घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारमा गहिरो समवेदना र सङ्क्रमित तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। 

उनले भने, ‘‘गत चैत ११ मा बन्दाबन्दी जारी गर्दा नेपालमा दुई जनामात्रै सङ्क्रमित रहेको, चीनमा नियन्त्रणमा आइसकेको र भारतीमा तीन अङ्कमा सीमित सङ्क्रमितको अवस्था थियो । त्यस समयमा मास्कलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको थियो ।’’ प्रधानमन्त्री ओलीले पछिल्लो समयमा जनताको सुझबुझपूर्ण सहयोगले कोरोनालाई तह लगाउन सकिने अवस्था सिर्जना भएको बताए । उनले सबैसँग सल्लाह गरेर ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अवलम्बन गरिएको उल्लेख गरे। हरसम्भवको प्रयासले सङ्क्रमण देखिनु पूर्वको कमजोरीको अवस्थाबाट अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्रीको भनाइ छ । 

उनले महामारीलाई चुनौतीका रुपमा मात्रै नहेरी अवसरका रुपमा समेत हेर्नुपर्नेमा जोड दिँदै चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए । “आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणमा चालिएका कदमको समीक्षा गर्ने हो भने अहिलेसम्मको कामको तस्बिर उराठलाग्दो होइन, उत्साहजनक छ”, प्रधानमन्त्रीले भने ।

उनले गत माघ ९ गते पहिलो सङ्क्रमित देखिँदा मुलुकमा प्रयोगशाला नै नभएकाले विदेशमा परीक्षण गर्नुपर्ने बाध्यता रहेकामा अहिले ४७ पिसिआर परीक्षण प्रयोगशाला स्थापना हुनु उपलब्धिपूर्ण हो भने । प्रधानमन्त्रीले हाल परीक्षणको दैनिक क्षमता २३ हजार ५०० पुगिसकेको र विगतमा प्रतिपरीक्षण लागत रु आठ हजार ५०० रहेकामा अहिले घटेर दुई हजारमा झरेको उल्लेख गरे। उनले प्रतिदश लाखमा पिसिआर परीक्षण ३० हजार पुगेको बताउँदै प्रधानमन्त्री ओलीले कूल जनसङ्ख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने सरकारी अनुमाननित प्रतिबद्धता पूरा भएको छ भने। 

उनले पहिले आइसियू श्यया एक हजार ५५१ रहेकामा अहिले थपेर दुई हजार ६०० पुग्नु र भेन्टिलेटर सङ्ख्या ७७० बाट ९०० पु¥याउनुलाई उपलब्धि मान्नुपर्दछ भने । चुनौतीका बीच सरकारले गरेका प्रगति विवरण सुनाउँदै प्रधानमन्त्री ओलीले स्थानीय तहमा पाँच श्ययाको अस्पतालको व्यवस्था गरिएको, प्रदेश सरकार र अस्पताललाई आवश्यक पूर्वाधार र वित्तीय स्रोतको व्यवस्था गरिएको, एक सय पोष्ट ग्रेजुएट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको, २० हब र २० शिक्षण अस्पताललाई  विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सक्ने समूह तयार पारिएको जानकारी दिए । पहिले परम्परागत औषधिमा द्विविधा रहेकामा अहिले ती औषधिले निको भएको अनुभव सुन्न थालिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नभएको भए आर्थिक समृद्धिका धेरै गतिविधि अघि बढिसक्ने थियो भने । “यो बेला कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो, केही राष्ट्रिय गौरवका आयोजना उद्घाटन हुन्थ्यो”, प्रधानमन्त्रीले थपे, “भैरहवा विमानस्थाल सञ्चालनमा आएको हुन्थ्यो, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना शुरु र मेलम्ची खानेपानी आउन थालेको हुन्थ्यो, धरहरा निर्माण र निजी आवास पुनःनिर्माणका काम सम्पन्न हुने थियो ।”

उनले महामारीका बीच पनि धेरै प्रगति भने हासिल भएको जिकिर गरे। मुलुकले विगत तीन वर्षदेखि उच्च आर्थिक वृद्धिदरको लय समातेको उनले बताए । मानव विकास सूचकाङ्क, व्यवसाय गर्न वातावरण, भोकमरीको अवस्था, शान्ति सुरक्षा, कानूनी शासन, भ्रष्टाचार निवारण, पर्यटकीय प्रतिस्पर्धा, लैङ्गिक समानता, विद्यालय शिक्षा तथा स्वास्थ्यलगायत १४ सूचकाङ्कमा नेपालले उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले उल्लेख गरे।

“यद्यपि, कोभिड–१९ का कारणले अर्थतन्त्रमा नकारात्मक असर परेको छ, तर हामी प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्छौं र परिस्थितिलाई अनुकूल बनाउनेछौँ”, प्रधानमन्त्रीको कथन थियो । सरकारले उद्योग, व्यवसायलाई सहज पार्न बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरोत्थानका प्रस्ताव अघि सारेको प्रधानमन्त्रीले जानकारी गराए । उनले कर सहुलियतदेखि बैंक ब्याज एवं विद्युत् महसुल छुट तथा श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट योगदान रकम राखिएको बताए । 

अर्थतन्त्रलाई पुनरोत्थान गर्न कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योगलाई समेट्ने गरी पुनर्कर्जाको व्यवस्था गरिएकाले यसबाट दुई खर्बभन्दा बढी लगानी परिचालन हुने प्रधानमन्त्रीको विश्वास छ । “झण्डै छ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजुद आर्थिक वृद्धिदर बाहेकका परिसूचक सकारात्मक छन्, यो सुखद कुरा हो”, प्रधानमन्त्रीको भनाइ थियो । उनले विश्वका धेरै मुलुकमा आर्थिक वृद्धिदर नकारात्मक हुँदा पनि नेपालको सकारात्मक हुनु खुशीको कुरा हो भने । उनले राजश्व सङ्कलनमा असर परे पनि समग्र वित्तीय स्थिति सन्तुलनमा रहेको र राजश्व प्रणालीमा दूरगामी महत्व राख्ने खालका सुधार भएको बताए ।

प्रधानमन्त्री ओलीले मूल्यवृद्धि नियन्त्रणमा रहेको र वैदेशिक घाटा सुधारोन्मुख रहेको तथा बन्दाबन्दीको अवस्थामा पनि विप्रेषण आप्रवाहमा निरन्तरता रहेको उल्लेख गरे। पछिल्लो तीन महिनामा मात्रै २८७ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको प्रधानमन्त्रीले जानकारी गराए । उनले गत वर्ष शोधनान्तर स्थिति रु २८२ अर्बले बचत रहेको र कूल विदेशी विनिमय सञ्चित रु एक हजार ४०१ अर्ब पुगेको जनाए । 

उनले भने, ‘‘विषम परिस्थितिका बाबजुद पनि दातृ निकायको सहयोग बढिरहेको छ ।  यस अवधिमा रु १६८ अर्ब बजेटरी सहायतासहित रु पाँच खर्ब बराबरको विकास सहायताको प्रतिबद्धता आएको छ । दुई खर्बभन्दा बढी बाह्य लगानी  स्वीकृत भएको र रु १४ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ ।’’ बन्दाबन्दीमा पनि विकास निर्माणलाई निरन्तरता दिँदै १७८ किलोमिटर सडक निर्माण भएको, ८९ मोटरेबल पुल बनेको, भूकम्पबाट भत्किएका ५३ हजार निजी आवास निर्माण भएको प्रधानमन्त्री ओलीले तथ्य प्रस्तुत गरे।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउने भए पनि हल्लाबाट प्रभावित हुने र जता हावा चल्छ उतै बरालिने परिपाटी भने लोकतन्त्र नभएको स्पष्ट पार्नुभयो । उनले स्वतन्त्र प्रेस लोकतन्त्रको अभिव्यक्ति भएकाले आम सञ्चारमाध्यामलाई तथ्यका आधारमा सत्य पस्किने र समाजलाई सूसुचित गर्ने दायित्व बहन गर्न आग्रह गरे। 

प्रधानमन्त्री ओलीले जनताले लिएको ऐतिहासिक निर्णय सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिए । यस बीचमा राजनीतिक अस्थिरता ल्याउन खोजिएका प्रयासलाई परास्त गररिएको उनले बताए । गरिहाल्लान् नि, भइहाल्छ नि भन्दै सुस्तुरी चल्नेहरु र जनअपेक्षाअनुसार तीव्र गतिमा दौडन खोज्नेबीचको बेमेल कायमै रहेको अवस्थामा सरकार तीव्र गति र शीघ्र विकासको जनआकाङ्क्षा पूरा गर्न लागेको प्रधानमन्त्रीले प्रस्ट्याए ।

भएन, हुँदै भएन, भन्ने मान्यता जबर्जस्त प्रचारित छ, यसलाई तर्कले होइन व्यवहारले र उपलब्धिबाट हामीले जवाफ दिन सक्नुपर्छ भन्दै प्रधानमन्त्रीले प्रश्न गरे, “कर्मचारीतन्त्रलाई शीघ्र विकासको वाहक बन्न कुन तत्वले अवरोध खडा गरिरहेको छ ? विकास र प्रगतिलाई अस्वीकार गर्ने अवस्था राजनीति नै हो त ?” सुशासन र पारदर्शीता विकासको अत्यावश्यक शर्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले थपे, “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न, भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।”

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बितेका दुई वर्षमा ७९२ मुद्दा चलाएको र राजश्व अनुसन्धान विभागले एक हजार २७ विरुद्ध रु ३१ अर्ब पाँच करोडभन्दा बढीको बिगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुन्डी कारोबारीविरुद्ध मुद्दा चलाएको भ्रष्टाचारविरुद्धको तथ्य प्रस्तुत गरे। उनले सात दशक लामो सङ्घर्षमा सामन्ती प्रतिक्रियावादीलाई फालेर संविधान जारी गरेको र यस राज्य प्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिने तर विगतको निरङ्कुश प्रणाली झैँ जानीजानी महोल खडा गर्नु उचित नहुने धारणा राखे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x