×

NMB BANK
NIC ASIA

प्रेरक व्यक्तित्व

युवा समाजसेवी युवराज खतिवडा : पत्रिका बेच्ने हकरदेखि करोडपतिसम्म !

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी हप्ता उनी बल्ल ३२ वर्ष लाग्दैछन् । विगतमा दैनिक गुजाराका लागि काठमाडौंमा पत्रिका बेचे । पोखरामा हातभरि घडी चाङ लगाएर ग्राहकको खोजीमा हिँडे ।

Muktinath Bank

निकै महत्वाकांक्षी स्वभावका उनी पोखरा झरेको १७ वर्ष नपुग्दै करोडौंको मालिक छन् । शून्यबाट माथि उठेका उनी सयौं मजदुर, असहाय, गरीब, पीडितका लागि भगवान् हुन् । सुन्दा अपत्यारिलो लाग्न सक्छ तर भइदियो त्यस्तै । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो सफलताको कथा हो – धादिङका युवराज खतिवडाको । जिल्लाको साविक खाल्टे गाविस–४ डाँडागाउँ (हाल नीलकण्ठ नगरपालिका–५) उनको जन्मथलो हो ।


Advertisment
Nabil box
Kumari

२०४५ असोज ७ गते धर्तीमा पाइला टेकेका उनी परिवारका काहिँला छोरा हुन् । उनका ३ दाइ, २ भाइ र २ दिदी छन् । अहिले बुवाआमा, दाजुभाइ तथा दिदीलाई हेर्ने जिम्मेवारी आफ्नै हो भन्छन् उनी । 

Vianet communication
Laxmi Bank

लकडाउनमा १ करोड सहयोग

युवराज कन्सट्रक्सन व्यवसायी हुन् । अहिले थपियो समाजसेवी परिचय पनि । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण सरकारले गरेको लकडाउनले धेरै जना मजदुर तथा निम्न आय भएका मानिसको बिचल्ली भयो । गत वर्षको चैत ११ गतेदेखि १२० दिन लामो लकडाउनले दुःखमा परेका मानिसका लागि उनी सहयोगी बनेर निस्किए । 

उनले व्यावसायिक प्रयोजनको लागि निर्माण गरेका करीब १०० कोठामा विपन्न वर्ग, कोठाभाडा तिर्न नसकेका, कोठाबाट निकालिएका मजदुर, गरीब तथा सुत्केरीलाई निःशुल्क बस्न दिए । त्यति मात्रै हैन, खान नपाएर भोकभोकै भएका मजदुरलाई आफैंले खाद्यान्न जोहो गरिदिए ।

पोखरा महानगरपालिका–५ पस्र्याङमा उनले भाडामा लगाउन भनी ४ रोपनी क्षेत्रफलमा करीब १०० कोठाको आवासीय क्षेत्र बनाएका थिए । भर्खरै निर्माण भएकाले मानिसहरू बस्न थालिसकेका थिएनन् । कोठाको सुविधा हेरी भाडादर ३ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म तय गरिएको थियो । 

लकडाउनमा धेरै जना मजदुरले सास्ती भोग्नुपरेको सुने–देखेपछि उनले निःशुल्क बस्ने व्यवस्था मिलाए । अहिले सबै कोठाहरू भरिएका छन् । उनले सार्वजनिक रूपमा भनेका थिए, ‘कोही कसैलाई भाडा तिर्न नसकेर घरधनीले निकालेको भए सम्पर्क गर्नुहोस्, मैले उद्धार गरी खाद्यान्नसहित निःशुल्क बासको व्यवस्था मिलाउने छु ।’ त्यसरी १–२ गरी मानिसहरू उनको सम्पर्कमा आए । उनले सहर्ष स्वीकार गर्दै त्यही आवासीय क्षेत्रमा बासको व्यवस्था मिलाए । खाद्यान्न किन्न नसक्नेलाई आफैंले किनेर गाडीमा पुर्‍याइदिए । समस्यामा परेकोलाई उद्धार गर्न गए । 

खतिवडाले लोकान्तरसँग भने, ‘धादिङबाट रोजगारीको लागि पोखरा आएका मजदुरलाई लकडाउनकै बेलामा लक्षित गरेर खाद्यान्न सहयोग गर्ने क्रममा मजदुरलाई घरधनीले निकालिदिएको घटनाले मेरो मन छोयो । किनकि मलाई पनि पोखरामा विगतमा ८०० भाडा तिर्न नसक्दा घरधनीले निकालेको याद छ । त्यसैले सहयोगका लागि आफ्नो व्यावसायिक आवास क्षेत्रलाई निःशुल्क प्रयोग गर्न दिने सोच बनाएर सहयोग गरेको हुँ ।’ 

४ महिने लकडाउनसँगै पछिल्लो पटक पनि विभिन्न नाममा बन्दाबन्दी भयो । मानिसहरू काममा जान पाएनन् । निम्न आय भएका व्यक्तिलाई अझै गाह्रो छ । उनले त्यसरी बसेकामध्ये अप्ठ्यारोमा परेका तथा अपाङ्गता भएका केही व्यक्तिलाई सधैंका लागि आश्रय दिने प्रतिबद्धता गरिसकेका छन् ।

तीमध्येका हुन् – बुद्ध तामाङ । ह्वीलचियरको सहयोगमा हिँडडुल गर्ने बुद्धलाई पोखरा–५ मालेपाटन बस्दा भाडा तिर्न नसकेको भन्दै घरधनीले निकालिदिएपछि युवराजको आश्रयमा पुगेका छन् । उनका पत्नी र १ छोरा छन् । पत्नीलाई रोजगारी दिलाएका छन् भने छोराको पढाइ खर्च युवराज आफैंले व्यहोरेका छन् । 

बुद्धले भने, ‘युवराज सर हाम्रो लागि भगवान् बनेर आउनुभयो । यस्तो बिरानो शहरमा यतिसम्म सहयोगी मन भएका मानिस पनि हुँदारहेछन् । उहाँको गुन हामीहरू कहिल्यै भुल्दैनौं ।’ युवराजले अप्ठ्यारोमा परेका अरु ४ जनाको परिवारलाई सधैंको लागि निःशुल्क बास र गाँसको व्यवस्था गरेका हुन् । त्यसरी बसेका सय परिवारमध्ये सक्नेलाई अब महिनामा मात्रै ३ हजार भाडा लिने र नसक्नेलाई अझै पनि निःशुल्क राख्ने उनले बताए । उनले भने, ‘मलाई दुःखी गरीबको सेवा गर्न पाउँदा आनन्द लाग्छ । मनमा खुशी लाग्छ ।’ 

उनले धादिङबाट विभिन्न पेशा व्यवसायको सिलसिलामा पोखरा आएका व्यक्तिका लागि राहत सामग्री लिएर घरघरै पनि गए । त्यसरी उनले १२–१३ सय घरपरिवारलाई प्रतिपरिवार १ बोरा चामल, ५ केजी दाल, १ लिटर तेल र १ पोका नून दिए । उनले सञ्चालन गर्दैआएका पृथ्वीचोकस्थित सस्तो बजार, चिप्लेढुंगास्थित फेवा एग्रिकल्चर प्रालि, सिर्जनाचोकको सस्तो बजारमा सटरभाडामा लिई विभिन्न व्यापार गर्दै आएका व्यवसायीलाई ३ महिनाको पूरै भाडा छुट गरिसकेका छन् । समग्रमा युवराजले कोरोना भाइरस महामारीका बेलामा १ करोड रुपैयाँ बढी समाजसेवामै लगाएको बताए । 

हकरदेखि करोडौंको मालिक 

युवराजको प्रारम्भिक शिक्षा गाउँकै महेन्द्रोय कालिका निमाविमा भयो । गाउँमा आयआर्जनको अन्य उपाय थिएन । मध्यम वर्गको परिवारमा हुर्केका उनको आयस्ताको स्रोत खेतीकिसानी नै थियो । समय बित्दै गयो । त्यत्तिकैमा उनको मुटुमा समस्या देखियो । मुटुको भल्भ साँघुरिएर अप्रेसन गर्नुपर्ने अवस्था आयो । 

उपचारमा साढे ३ लाख रुपैयाँ लाग्ने भएपछि आर्थिक अवस्था कमजोर रहेको परिवार इन्तु न चिन्तुमा पर्‍यो । भर्खरै १२ लागेका उनी समस्याबीच घर छोडेर काठमाडौं छिरे । त्यसबेला उनी ८ कक्षामा बागबजारको शहीद शुक्र माविमा पढ्थे । पढ्दै जाँदा रोजीरोटीका लागि बिहान पत्रिका बेच्थे । 

एक पटक नेपाल पत्रकार महासंघको ‘आँखीझ्याल’ कार्यक्रमको टोली उनको गाउँ धादिङ आयो । सो कार्यक्रम त्यसबेला नेपाल टेलिभिजनबाट प्रसारित हुन्थ्यो । अर्चनटार सिँचाइ नहर खनिँदै गर्दा वस्तुस्थिति बुझ्न आएको टोलीमध्येका एक डा. आनन्दकुमार श्रेष्ठ थिए । उनले युवराजको मुटुको उपचारको लागि सहयोग गर्ने वचनसँगै आर्थिक सहयोग गरे । उनले पुनर्जीवन पाए । काठमाडौंमा पढाउन पनि सहयोग गरे ।

त्यसैकारण अहिले कमाएको आम्दानीको आधाजसो हिस्सा समाजसेवामै खर्चिने घोषणा बमोजिम आपतविपतको बेला सहयोग गर्दै आएको उनले बताए । उनले भने, ‘उहाँ नभएको भए म अहिले यो ठाउँमा हुन्थेन होला । उहाँले मप्रति गरेको सहयोगको भावनाले नै मलाई समाजसेवामा लाग्न प्रेरित गरेको हो ।’ 

१० कक्षासम्मै उनले शहीद शुक्रबाटै सकाए । धोबिचौरस्थित पब्लिक युथ कलेजमा ११ कक्षाको परीक्षा दिएपछि घुम्ने सिलसिलामा उनी पोखरा आए । पोखरामा आइसकेपछि उनी यतै रमाए । उता पढाइ चटक्कै छोडे । शुरूआतका दिनमा उनी घडी, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरू बेच्न थाले । हातमै बोकेर शहरका चोकचोक र गल्लीगल्ली चहार्थे ।

यत्तिकैमा एक दिन उनको सबै सामान लुटियो । पोखराको केआईसिं पुलमा साँझको बेलामा सबै सामान लुटिएपछि उनी निकै दुःखी भए । त्यसपछि उनले दृढ संकल्प गरे, ‘अब यो दुनियाँमा यसरी हुँदैन, सटर भाडामा लिएर व्यवसाय गर्नुपर्छ ।’

उनी ठाउँ खोज्दै हिँडे । चिप्लेढुंगास्थित तत्कालीन श्री कम्प्लेक्स पुगे । त्यहाँ जग्गा खाली थियो । २–३ जना मिलेर सो ठाउँ भाडामा लिए । पैसा भने यथेष्ट थिएन । नुवाकोटका रामप्रसाद नेपालको नाममा सो कम्पनी थियो । रामप्रसादले युवराजलाई ६० लाख रुपैयाँ ऋण पत्याए । युवराजले व्यवसायीसँग एड्भान्स लिँदै जग्गा तथा सटर भाडामा लगाउन थाले । आम्दानी हुँदै गयो । उनले लिएको ऋणबापत ८ लाख व्याजसहित ६८ लाख रुपैयाँ फिर्ता गर्न सके ।

केही वर्षपछि उनी गाडी चढे । जग्गाजमिन र घरघडेरी पनि जोड्दै गए । समयक्रमसँगै उनले पोखराको सिर्जनाचोकमा जग्गा भाडामा लिएर सस्तो बजार सञ्चालन गरे । सटरकोठा भाडामा लगाए । बिस्तारै पोखराको पृथ्वीचोकस्थित हालको सस्तो बजारमा पनि लगानी गरे । त्यसैगरी जग्गा भाडामा लिएर सटर कोठा भाडामा लगाउँदै जाँदा आम्दानी सोचेभन्दा बढी भयो । एकपछि अर्को योजना सफल हुँदै गएपछि उनले पस्र्याङमा जग्गा भाडामा लिएर करीब १०० कोठा सहितको आवासीय क्षेत्र बनाएका हुन् । त्यही नजिकै उनले २० रोपनी जग्गा भाडामा लिएर संरचना निर्माण गरिरहेका छन् । 

पोखरा–१० अमरसिंहचोकस्थित मिनी मार्केटको लागि साढे २ रोपनी जग्गा भाडा लिए । त्यहाँ १०० सटर बनाए । सबै सटर अहिले भाडामा गइसकेका छन् । ती सटर भाडामा लिनेलाई शुरूको ४ महिनासम्म भाडा मिनाहा गर्ने घोषणा गरिसकेका छन् । लकडाउनको बेलामा भाडा तिर्न नसकेर निकालिनुपरेका व्यवसायीलाई त्यहाँ राख्ने गरी प्राथमिकता दिइएको उनले बताए । 

त्यति मात्र कहाँ हो र ? उनले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मल सञ्चालनका लागि जग्गा भाडामा लिइसकेका छन् । आगामी दिनमा छिट्टै व्यापारिक मल निर्माण गर्ने योजना बुनेका छन् उनले । 

उनको नाममा वाईयुके कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालि र फेवा एग्रिकल्चर प्रालि छ । आफ्नै नजिकका राजेन्द्रबहादुर गोर्खाली (राजु) को नाममा उनको सूर्यदिल ग्रूप इन्स्टमेन्ट कम्पनी प्रालि पनि छ । सोही कम्पनी मातहतमा पोखराको अति नै व्यस्त सस्तो बजारमा २ तलामा विभिन्न सटरकोठामा व्यापार व्यवसाय सञ्चालित छ । तल्लो तलामा मात्रै करीब साढे २०० सटर भाडामा छन् । त्यहाँका व्यवसायीबाट ३ महिनाको भाडा लिएनन् उनले । सबै ठाउँमा गरी उनले १ हजार जना व्यवसायीलाई सटर तथा जग्गा भाडामा दिएका छन् । ३०० जना मजदुर उनकै कन्सट्रक्सन कम्पनीमा रोजगाररत रहेको बताए ।

‘म वास्तवमा कन्स्ट्रक्सन व्यवसायी हुँ । साथै खाली जग्गा भाडामा लिने, संरचना बनाउने र भाडामै लगाउने गरेको मेरो मुख्य काम हो । यसबाट धेरै मानिसले रोजगार पाउनुभएको छ । यसबाट मलाई सोचेझैं आम्दानी भएको छ । आगामी दिनमा ५ हजार जनालाई रोजगारी दिने लक्ष्य छ,’ उनले भने ।
 
कति सम्पत्ति आर्जन गरे भन्ने उनी आफैंले यकिन गरेका छैनन् । व्यवसायको सिलसिलामा ४ करोड ऋण रहेकोसम्म उनले बताए । लकडाउनमा व्यापार–व्यवसाय नभएपछि व्यवसायीलाई सटर भाडामा छुट गरे पनि उनलाई जग्गा भाडामा दिएकाले भने छुट दिएनन् । मात्र पस्र्याङमा भाडामा लिएको जग्गाको पोखरा उद्योग वाणिज्य संघ उपाध्यक्ष विन्दु कोइराला सुवेदीले १ महिनाबापत ४८ हजार रुपैयाँ भाडा छुट दिएको उनले बताए । युवराजले सबै गरी वार्षिक ७० लाख रुपैयाँसम्म भाडा बुझाउँछन् । 

व्यवसायमा आकर्षित भएकोबारे उनले भने, ‘म सानैमा पनि खुदो बेच्थें । गाउँमै उखु पाइन्थ्यो । त्यसबाट बन्ने खुदो र सख्खर बेच्दा आउने आम्दानीबाट कापीकलम, किताब र स्कूल फी तिर्थें । त्यसैबाट गाउँमै पनि केही जग्गाजमिन जोडेको थिएँ । सानैदेखि चेत बसेर होला, यतैतिर आकर्षित बनें ।’ 

उनको परिवारका सबैजना बाबुआमा, दाजुभाइ, दिदीबहिनीले उनको फैलाउँदै गएको विभिन्न व्यवसायको कुनै न कुनै भूमिकामा रहेर जिम्मेवारी बहन गरिदिएका छन् । सबै जना व्यस्त छन् । 

युवराजले सञ्चालन गरेकोमा मध्ये एक पोखरा सस्तो बजार

सम्झिने ३ नाम 

अत्यन्तै परिश्रमी एवं फूर्तिलो ज्यानका युवराज भने बेलाबखत विवादमा पनि तानिन्छन् । सस्तो बजारको जग्गाभाडा विवादमा ३ वर्षअघि उनीमाथि सांघातिक आक्रमण भएको थियो । अदालतले उनको पक्षमा गरेको फैसला कार्यान्वयन माग गर्दा उल्टै आक्रमणको शिकार भएका उनको दायाँ खुट्टा २ ठाउँमा भाँचिएको थियो । फोक्सोमा रगत जमेको थियो ।

काठमाडौंको ग्राण्डी अस्पतालमा ३ महिनासम्म लाखौं खर्चेर उपचार गरे । खुट्टामा अझै स्टील बोकेका छन् । सानैदेखि मुटुका रोगी उनको २ पटक मुटुको शल्यक्रिया भइसकेको छ । पीटीएमसी (मुटुको एक उपचार पद्धति) को लागि हरेक १० वर्षमा शल्यक्रिया गर्नुपर्ने उनले बताए ।

जीवनलाई गहिरो ढंगले बुझेको उनी बताउँछन् । आफ्नो आरोह–अवरोहमा अमूल्य सहयोग पुर्‍याउनेमध्ये ३ व्यक्तिलाई उनले कहिल्यै नभुल्ने बताए । ती हुन्, काठमाडौंका राजेन्द्रकुमार श्रेष्ठ, नुवाकोटका रामप्रसाद नेपाल र काठमाडौंका राजेन्द्रबहादुर गोर्खाली (राजु) ।

सानै उमेरमा उनी साँच्चिकै समाजसेवी कहलिएका छन् । धादिङ–पोखरा सम्पर्क समाजका उनी निवर्तमान अध्यक्ष हुन् । उनी पत्नी, १ छोरा र १ छोरीसहित सुविधासम्पन्न गाडीमा धादिङ–पोखरा गरिरहन्छन् । पोखरा बसाइँमा धादिङेहरूलाई केही समस्या पर्‍यो भने अधिकांशले सम्झिने नाम बनेका छन् युवराज । त्यसैलै सबैले सुझाव दिन्छन् – युवराजलाई भेट्नू केही उपाय गर्छन् । 

युवराजको परिवार

यी फेहरिस्तका अलावा युवराजले गृहजिल्ला धादिङमा पनि बेलाबखत सहयोग गर्दै आएका छन् । आर्थिक अभावमा स्कूल जान नसकेका, लाउन–खान गाह्रो भएका गरीब, विपन्न वर्गलाई उनले नगद तथा विभिन्न सहयोग गर्ने गरेको बताए । अब उनी फेरि आवश्यक राहत सामग्री बोकेर धादिङ जाँदैछन्, किनकि असोज ७ उनको जन्मदिन हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x