यी जिल्लामा ५०० बढी कोरोना संक्रमित, जहाँ छैनन् संक्रमित

काठमाडौं । विभिन्न ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र रुपन्देही रहेको छ । 

यस्तै शनिबारसम्म ७ जिल्लामा संक्रमित रहेका छैनन् । संक्रमित शून्य रहेको जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेको छ । 
शनिबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्