एनआरएनएका ज्ञान, अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ : गगन थापा

अमेरिका ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ )एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले  संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सह्रानीय भएको बताए ।
संसारभरी छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
‘आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । तपाईँहरुको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ ’ थापाले भने ।
कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनको तर्क थियो ।

समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताए ।
राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताए।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्