शिल्पामाथि लाग्यो यस्तो आरोप, प्रहरीमा पुग्यो उजुरी

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

समाचारअनुसार दुवैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।


Advertisement

एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन् ।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डनसमेत गरेको छन् । 'सत्य चाँडै बाहिर आउनेछ', उनले भनिन्, 'सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि
गरेका थियौं । बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।' अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्