प्रजातन्त्रको लहर (कविता)

इन्दु तोदी  

 


Advertisement

प्रजातन्त्र ल्याउंछौं , 

निरंकुशताको अन्त्य गरी छाड्छौं 


Advertisement

भनी अग्लो ठाउँ चढेर 

जोशिलो भाषण खुब छाँट्ने !

मान्छे त मान्छे कुकुरलाई पनि 

पत्यारै लाग्ने !

तपाईं जनता देशका मालिक बन्ने !

आउनुस्,

सबै मिली देशलाई स्वर्गाम्मे बनाएरै छाड्ने !

घिउ भात खाने अनि रेशम कपास लाउने, 

लौ त्यसैले हाँसी हाँसी तपाईं प्राण दिनुस् ,

हामी तपाईंलाईं सुन्दर शान्त नेपाल दिने !

अन्याय,पिड़ा नामको बिरालो त  

छेउमै पर्न न दिने !

खुशियाली नाऊ गरेकी चेली त

तपाईंसंगै घरजम गरी बस्ने ! 

छोराछोरी उच्च शिक्षा पढ्ने ,

अनि ठूला ठूला अफिसर बन्ने ,

कोही हाकिम 

कोही सरकारी जागिर खाने  ,   

यस्तै चट्ट रसिला र स्वादिला 

सपना देख्नु भाको र देखाइएको थियो हैन र !  

प्रजातंत्र को नाममा !

कस्तो पो होला प्रजातन्त्र भनेको त ए बा !

ए !! यस्तै पो हुंदो रै छ ! प्रजातन्त्र भनेको त !

खै दिनहूँ तैं छाड़ र मै खाऊं 

नत्र भागबन्डा लाएर भए पनि खाऊँ,

तर जसरी भए पनि खाऊँ !

झारेर हुन्छ की मारेर हुन्छ, 

सरकार मा एक पटक जाऊँ 

त्यस पछि त हुन्छ सब आफ्नै दाऊ ।

भाइबहिनी , इष्टमित्र नातागोता ले पार्नु पर्छ कुर्सी जती सब भरिभराऊ। 

बल्ल तल्ल पारेको मौका,  

सके सम्म खाऊँ, डकार आए पछि पनि खाऊँ।

देशको मोल भाऊ कहिले बाहिर त कहिले भित्रै गरेर आऊँ ।

यति छिटो देश विकास गरेर अहिले

आफ्नै सोह्रपुस्ते बन्दोबस्त चैं अनि गरी सक्नु कहिले !

रुँदै गरोस् श्रीमती छोरा छोरी जो सुकै शहीदका भोकैले , 

पिल्सि राखोस् जनता निमुखा देशका अभावैले , 

बिदेशिनु परोस् जती नै दिदी बहिनी दाजु भाइहरुलाई पठाएर टाढा टाढा पेटैले, 

उसुल्नु पर्ने छ सोझासाझा जनतासित 

कर बाक्लै दरले ,

मबाट दर्रो केही होला भन्ने भर भने पटक्कै न पर 

जसरी भए नि अटाई न अटाई भूंड़ी मेरो टन्नै गर,  

पहिला एउटा भर्नु पर्ने अब थुप्रै ईनार भर  

बुझी राखौं है ,सोझासाझा जनताका लागी

घर घर चलेको यही नै हो प्रजातन्त्र को सुहाउँदो , स्वाद को लहर  !!!

हैन र  ? 

धरान

कमेन्ट गर्नुहोस्