सोध्न मन लाग्यो (कविता)

साढे झै मत्ता भै अहम भाव को पर्दा टागेका हरु
आफू बाहेक अर्कोको अस्तित्व नस्विकार्ने डार्विनहरु
अप्ठेरोमा साथ दिने भाव न उब्जाउने रुठिएका  भाकाहरु
गुलेली मा तन्केको रबर सरि स्वार्थमा तन्किनेहरु
सोध्न मन लाग्यो !!!!
के जिन्दगिको यथार्थलाई कहिल्यै बुझ्नु भएको छ ??

लालच को आधी मा बगि आएका जिउदा सम्बन्धहरु
समाजमा शिक्षित बनेर जुका सरि रगत पिउने हरु
आफ्नो खोक्रो दर्शन बाहेक विश्व अपुरो ठान्ने हरु
प्रगतिको विश्लेषण क्षेत्रको पहिचान गर्न नसक्नेहरु
सोध्न मन लाग्यो !!!!
के त्यस्तै सस्कारको विकास सन्तानमा गर्नु हुन्छ ??

सहि र गलत छुट्याउन न सक्नेहरु
धर्म र पाप छुट्याउन नसक्ने हरु
जता हावा चल्यो उतै कान फर्काउने हरु
क्रोधको आगोले आ आफै जल्नेहरु
सहि स्वरूप देखाइ धोका गर्ने हरु
साथिको विस्वसनियता लाई धरापमा पार्नेहरु
परनिन्दा , परचर्चा गरि आफ्नो दुनो सोझ्याउनेहरु
सोध्न मन लाग्यो !!!!!
कसैले त्यस्तै तपाईं सङ्ग गर्यो भने कस्तो होला ??

जिवात्माको आन्तरिक शक्ति क्षीण पार्नेहरु
नामि कहलिन कसैको भावनामा खेल खेल्नेहरु
सज्जन हरुको लागि मात्र जेल खोल्नेहरु
विचारको सम्मान गर्न नसकी निन्याउरो मुख लाउनेहरु
ब्रह्मा, विस्णु,शिव, बुद्ध भन्दा आफै ठूलो ठान्ने हरु
तोकिएको काम पाउँदा सिन्को भाच्न नसक्नेहरु
पिरमा कराउने मात्र ,खुसीमा साह्रै उफ्रिनेहरु
बर्षा को भ्यागुता कराएसरि अर्कोलाइ दोष थोपर्नेहरु

सोध्न मन लाग्यो !!!!!
आफ्नो अनुहारको फोहर ऐना सफा गर्दा कहाँ सफा हुन्छ र  ?????
गल्ती कसबाट हुदैन ?? सुधार आफैबाट होइन र ??


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्