रसियामा नेपालीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन, को हुन् डा श्रेष्ठ ?

काठमाडौं । नेपालमा कोरोनाभाइरसको महामारीका बीच यसविरुद्धको भ्याक्सिनबारे विभिन्न चर्चा परिचर्चा भइरहेको छ ।

केही पहिले रुसले भ्याक्सिनलाई मान्यता दिएपछि यसको प्रभावकारिता र विश्वसनियताबारे विचारविमर्श भइरहेका पनि छन् । यो भ्याक्सिन छिमेकी देश भारतमा समेत परीक्षण गरिने बताइएको छ भने रुसमा सर्वसाधारणमा लगाउन थालिएको छ।  


Advertisement

यहीबीचमा रुसमा रहेका एक नेपालीले पनि खोप लगाएका छन् । राजधानी मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको भ्याक्सिन लिएका हुन्। 

श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले जानकारी दिए । 


Advertisement

श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लगाए पछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

यसअघि रसियामा निर्माण भएको सो भ्याक्सिन नेपालमा ल्याउने तयारी भैरहेको खबर बाहिर आएको थियो ।  तर अहिलेसम्म नतिजा निस्कने गरी पहल भने भएको छैन । 

श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हुन् भने उनी मस्कोमा लामो समयदेखि बस्दै आएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्