×

NMB BANK
NIC ASIA

युरोपमा कोरोनाको दोस्रो लहर, कहाँ भयो गल्ती ?

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमण तथा मृत्युको पहिलो लहरलाई नियन्त्रण गरेको युरोप अहिले यसको दोस्रो लहरमा फसेको छ । जाडो आउन लाग्दा कोरोनाको दोस्रो लहर देखिएपछि कहाँनिर गल्ती भयो भनी प्रश्न उठाइन थालिएको छ । 

Muktinath Bank

युरोपेली संघ र बेलायतमा कोरोनाका दैनिक केसहरू ४५ हजारभन्दा बढी देखिन थालेको युरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन यान्ड कन्ट्रोलले जनाएको छ । भर्खर खुल्न थालेका ठाउँमा पनि पुनः नियन्त्रण लगाइँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी केही महिनामा अस्पतालहरूमाथि दबाब पर्ने र देशभरि लकडाउन लगाउनुपर्ने स्थिति आउने भनी त्यहाँका नेताहरूले चिन्ता व्यक्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

युरोपमा विगत ७२ दिनदेखि मृत्युदर स्थिर छ तर बुल्गेरिया, क्रोएसिया, माल्टा, रोमानिया र स्पेनमा मृत्युदर बढिरहेको छ । 

Vianet communication
Laxmi Bank

गर्मीको छुट्टी सकिएर कामदारहरू शहर फर्केको अनि विद्यार्थीहरू पुनः विद्यालय जान थालेकोले कोरोनाको केस बढेको मानिएको छ । अनि नियन्त्रण खुकुलो बनाइएकाले मानिसहरू अलिक लापरवाह बनेकाले केस बढेको हुन सक्ने विश्व स्वास्थ्य संगठनको कथन छ । युरोपमा कोरोनाको दोस्रो लहर आउनुमा युवाहरू जिम्मेवार रहेको प्रमाणहरू फेला परेका छन् । 

केस बढ्दै गएको भए पनि अमेरिकाको तुलनामा युरोपको स्थिति राम्रै छ । 

बेलायतमा कोरोनाका कारण युरोपमै सबभन्दा बढी ४० हजार मृत्यु भए । यसै साता बेलायतभरि सामाजिक भेलामा नयाँ नियन्त्रण कायम गरियो । 

स्पेनमा पनि दिनको १० हजारभन्दा बढी केस देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

फ्रान्समा शुक्रवार १३ हजार २१५ नयाँ केस देखिएको त्यहाँको नेसनल हेल्थ एजेन्सीले जनायो । त्यहाँको एक प्रमुख शहरमा रहेका अस्पतालमा आईसीयू शय्याहरू भरिभराउ छन् । 

विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक हान्स क्लुगले सामाजिक नियन्त्रण खुकुलो बनाइएकाले अनि मानिसहरू बेपरवाह बनेकाले पनि केस बढेको बताए । 

युवाहरूमा कोभिडको केस बढी देखिन थालेकोमा उनले चिन्ता व्यक्त गर्दै ठूला भेला र पार्टीहरू नगर्न सल्लाह दिए । 

धेरैजसो मुलुकमा कोरोनाका केस घना शहरहरूमा देखिएको पाइएको छ । मानिसहरू कार्यालय, विद्यालय र सार्वजनिक स्थानमा फर्किन थालेपछि केस बढेका हुन् ।
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x