नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न युएईका राजदूतलाई पर्यटनमन्त्री भट्टराईको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । 

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरब ईमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा  मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र  व्यवसायीहरुलाई आग्रह गरेका हुन् । 


Advertisement

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि  युएई सरकारको सहकार्यको प्रशंसा गदै आउँदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे। 
राजदूत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका थिए ।

सो सम्बन्धमा  मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्