व्यापारीको परिवारका ४ जनाद्वारा आत्महत्या

भारतको जयपुरमा एक व्यापारीका परिवारका ४ सदस्यले आत्महत्या गरेको खबर छ । दैनिक भास्करका अनुसार ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनीसहित उनका परिवारका अन्य ३ सदस्यले आत्महत्या गरेका हुन् । 
मृतकमा  सोनीकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् । उनीहरु सबै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्रताडित गरेका थिए । अन्तत बाध्य भएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । 


Advertisement

घटनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याज माफियाले उनीहरुलाई प्रताडित गरिदिएका थिए । त्यसैकारण परिवारले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्