२७ जेठ २०८३, बुधबार

छोराले आफ्नै बाबुको हत्या गरी गाडेको आरोप

छोराले आफ्नै बाबुको हत्या गरी गाडेको आरोप

जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुको हत्या गरी मारेर गाडेको भनिएको घटनाको   अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा  २१ वर्षीय वीरमानले हत्या गरेको उजुरीको आधारमा निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो । छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी पिताको हत्या गरेको र शव उत्खनन गरी लाशजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 

 शव परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्