के नेकपा प्रवक्ता श्रेष्ठ बन्दैछन् मन्त्री ?

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल शुरू भएको जानकारी गराएका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उनले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी गराएका हुन् ।


Advertisement

‘मन्त्रिपरिषद् पुनर्गठन स्थायी कमिटीको निर्णयानुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयले नीतिगत रूपमा सुझाव दिएको छ । त्यसबारे व्यक्तिको नाममा प्रवेश गरेका छैनौं, आवश्यक परे त्यसबारे छलफल गर्छौं,’ श्रेष्ठले भने ।  

प्रवक्ता श्रेष्ठले मापदण्डको विषयमा छलफल भएपनि व्यक्तिको विषयमा भने छलफल भइनसकेको बताए । 


Advertisement

‘व्यक्तिको विषयमा केही छलफल भएको छैन, म भित्र मनमा पनि छलफल भएको छैन, पार्टीमा पनि छलफल भएको छैन,’ तपाईं मन्त्री बन्न लाग्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने ।

भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्