यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित रहेका १५ शीर्ष देश (विवरणसहित)

source : worldometers.info

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण जनजीवनका साथै अर्थतन्त्र नराम्ररी प्रभावित बनेकाे छ। भाइरसबाट हालसम्म ३ करोड ११ लाख बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ९ लाख ६३ हजार बढीको मृत्यु समेत भएको छ । कोरोनाका कारण विश्व नै त्रस्त रहेको अवस्थामा अहिले भ्याक्सिनको विकासमा विश्व तल्लीन रहेको भएपनि त्यसले पूर्ण सफलता पाउन सकिसकेको अवस्था छैन । 

संक्रमणका हिसावले सबैभन्दा धेरै प्रभाव अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म ६९ लाख ८५ हजार बढी संक्रमित भइसकेका छन् भने २ लाख ४ हजार बढीको मृत्यु भइसकेको छ। 
यस्तै अमेरिकापछि सबैभन्दा धेरै प्रभाव भारतमा छ । भारतमा हालसम्म साढे ५४ लाखको हाराहारीमा संक्रमित रहेका छन् । 


Advertisement

त्यसपछि तेस्रो स्थानमा ब्राजिल, चौथोमा रसिया, पाँचौँमा पेरु, छैटौँमा कोलोम्बिया, सातौँमा मेक्सिको, आठौँमा साउथ अफ्रिका, नवौँ मा स्पेन तथा दशौँ स्थानमा अर्जेन्टीना रहेको छ ।  
यसैगरी ११ औँ स्थानमा चिलि, १२ औमा फ्रान्स, तेह्रौमा इरान, चौधौँमा युके तथा १५ औं स्थानमा बंगलादेश रहेको छ । बंगलादेशमा हालसम्म ३ लाख ४८ हजार बढीमा संक्रमण पुष्टि भएको छ । 

विवरण हेर्नुहाेस्


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्