×

NMB BANK
NIC ASIA

भारतको राज्यसभा बैठकमा हंगामा, ८ सांसद निलम्बित

असोज ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको माथिल्लो सदन राज्यसभामा आइतवार कृषि विधेयकका विषयमा चर्चा चल्दै गर्दा विपक्षी दलका सांसदहरूले हंगामा मच्चाएका छन् । 
 

Muktinath Bank

राज्यसभाका सभापति एम वेंकैया नायडू यस घटनाका कारण आक्रोशित छन् । उनले हंगामा गर्ने आठ सांसदहरूलाई बाँकी सत्रभरिका लागि निलम्बित गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापतिले सोमवार सदनको कारवाही अघि बढाउँदै गर्दा आइतवार राज्यसभाको खराब दिन भएको बताए । केही सदस्यहरू सभापतिको वेलसम्म आइपुगेका थिए । उपसभापतिलाई धकेलाधकेल समेत गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

‘केही सांसदले पेपर फ्याँके, माइक तोडे, रुल बूक फ्याँके । यस घटनाबाट म दुःखित छु । उपसभापतिलाई धम्की दिइयो । उनीमाथि आपत्तिजनक टिप्पणी गरियो,’ सभापति नायडूले भने । 

Vianet communication
Laxmi Bank

सभापतिले निलम्बित गरेका आठ सांसदहरू डेरेक ओ ब्रायन, संजय सिंह, रिपुन बोरा, सैयद नजीर हुसैन, केके रागेश, ए करीम, राजीव साटव र डोला सेन हुन् ।
 

उपसभापतिविरुद्ध विपक्षी सांसदहरूले ल्याएको अविश्वास प्रस्ताव नियममुताबिक नरहेको सभापतिले बताए । सभापतिको कारवाहीपछि पनि सदनमा हंगामा जारी रह्यो । 

आइतवार कृषिमन्त्री नरेन्द्र सिंह तोमरको जवाफबाट असन्तुष्ट कांग्रेस र आम आदमी पार्टीका सांसद वेल पुगेका थिए । विपक्षीहरूले हंगामा गर्दागर्दै तोमरले जवाफ दिइरहे । 

किसान विधेयकको विरोध गरिरहेका विपक्षी सांसदले विधेयकको प्रति खोस्ने कोशिश गरे । त्यसक्रममा उपसभापतिको माइक उखेलियो । नजिकै उभिएका मार्शलले उनीहरूलाई रोके । 

संसदमा हंगामा गरिरहेका सांसदहरूले आफ्नो आसनअगाडिको माइक फुटाए । तृणमूल कांग्रेसका सांसद डेरेक ओब्रायनले उपसभापतिकै अगाडि नियम पुस्तिका च्याते । त्यसपछि राज्यसभाको बैठक स्थगन गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x