×

NMB BANK
NIC ASIA

चीनका लागि जासूसी गरेको आरोपमा भारतीय पत्रकार पक्राउ, नेपाली पनि संलग्न रहेको दाबी

असोज ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको सीमा रणनीति तथा सैनिक तैनाथीको संवेदनशील सूचना चिनियाँ गुप्तचरहरूलाई दिएको आरोप लगाउँदै भारतीय प्रहरीले दिल्लीमा बस्ने एक पत्रकारलाई पक्राउ गरेको जनाएको भनी भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

Muktinath Bank

दुई देशबीच तनावको स्थिति रहँदा जासूसीको ठूलो जालोलाई ध्वस्त पारेको दिल्ली प्रहरीको दाबी रहेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसँगै एक चिनियाँ महिला र उनकी नेपाली सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले पत्रकार राजीव शर्मालाई संवेदनशील सूचना दिनका लागि ठूलै रकम दिएको दाबी दिल्ली प्रहरीले गरेको छ । 


Advertisment
Nabil box
Kumari

‘स्पेसल सेलले स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको छ । उनले संवेदनशील सूचना चिनियाँ गुप्तचरहरूलाई दिएका छन् । एक चिनियाँ महिला चिङ शी र उनकी नेपाली सहयोगी शेर सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरूले विभिन्न कम्पनीमार्फत विशाल रकम राजीव शर्मालाई पठाएको पत्ता लागेको छ । चिनियाँ गुप्तचरहरूले ती पत्रकारलाई मोटो रकम दिएर संवेदनशील सूचना हासिल गर्न अह्राएका थिए,’ प्रहरीले बतायो । 

Vianet communication
Laxmi Bank

‘थुप्रै मोबाइल फोन, ल्यापटप तथा अन्य संवेदनशील सामग्रीहरू बरामद गरिएको छ,’ प्रहरीले बतायो ।

शर्मा प्रेस इन्फर्मेसन ब्यूरोमा आधिकारिक रूपमा दर्ता भएमा पत्रकार हुन् र दिल्लीको पितमपुरामा बस्ने गर्छन् । उनलाई अघिल्लो सोमवार प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो । 

‘उनीबाट रक्षा सम्बन्धी गोप्य दस्तावेजहरू फेला परेका छन् । अनुसन्धान जारी छ र विस्तृत विवरणहरू समय आएपछि साझा गरिनेछ,’ वरिष्ठ प्रहरी अधिकारी सञ्जीव कुमार यादवले बताए । 

प्रहरीका अनुसार, शर्माले प्रत्येक सूचनाका लागि एक हजार डलर पाइरहेका थिए र विगत डेढ वर्षमा ३० लाख भारु पाइसकेका थिए । उनले चीनको ग्लोबल टाइम्समा रक्षासम्बन्धी विषयमा लेख्ने गरेका थिए र उनलाई सन् २०१६ मा चिनियाँ एजेन्टहरूले भेटेका थिए । 

प्रेस क्लब अफ इन्डियाले चाहिँ प्रख्यात स्वतन्त्र पत्रकारलाई विश्वसनीय आधार नदिइकनै पक्राउ गरिएको भन्दै निन्दा गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x