अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

सांकेतिक तस्वीर

अत्यधिक रक्तश्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ ।

सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया  नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।


Advertisement

आज बिहान २ बजे छोरा जन्माएपछि  रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताइन् ।

शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उनले जानकारी दिए ।


Advertisement

रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्