हावाहुरीको कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

फाइल तस्वीर

कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले असोज ५ गते सकुशल उद्वार गरेको छ ।

सोही महानगरपालिकाको वडा नं. २२ बस्ने ३० वर्षिय हर्कबहादुर वि.क. र ३५ वर्षिय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेका थिए । सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।


Advertisement

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसुन्डी स्थित सीमा ईलाकाबाट असोज ४ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।


Advertisement

सोही ठाउँ बस्ने ३२ वर्षिय पशुपतिकुमार यादव र २१ वर्षिय ओमप्रकाश यादवलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ७ प २४४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निजहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद

रुपन्देही, रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका १ स्थित सीमा ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको मटर तथा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्