कांग्रेसको केन्द्रीय समित बैठक असोज १९ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक यही असोज १९ गतेका लागि बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद कोइरालाले बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।


Advertisement

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुनेछ ।

कांग्रेसले आगामी फागुन ७ देखि १० गते काठमाडौँमा महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।


Advertisement

कांग्रेसको केन्द्रीय नेतृत्व महाधिवेशन तयारीमा संवेदनशील भएर नलागेको भन्दै देउवामाथि आरोप लाग्ने गरेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्