१९६ आइसियु र ३१ भेन्टिलेटरमा, ८ जिल्लाम ५०० बढी संक्रमित

देशभरका संक्रमित मध्ये सघन उपचार कक्ष (आइसियु)मा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आइसियुमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई  जना रहेका छन् । 


Advertisement

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाँच सय भन्दा बढी सङक्रमण भएका जिल्ला आठ रहेका छन् । ती जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला सङ्क्रमणमुक्त जिल्ला हुन् । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्