३१ मुलुकबाट हालसम्म ७१ हजार ७३५ नेपाली स्वदेश फर्किए (विवरणसहित)

कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका बीच चार्टर र नियमित उडानमार्फत हालसम्म ७१ हजार ७३५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म यो संख्यामा नेपाली स्वदेश फर्किएका हुन् । विभिन्न ३१ देशबाट नेपाली फर्किएकामा सबैभन्दा धेरै युएईबाट फर्किएका छन् । 

सोमबार पनि साउदी, हङकङ, कतार, युएई र मलेसियाबाट नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई होल्डिङ सेन्टरबाट व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पुरा गरेपछि प्रदेशहरुको समन्वयमा क्यारेन्टाइन पठाइने गरिएको केन्द्रले जनाएको छ । 


Advertisement

हालसम्मको विवरण हेर्नुहोस्ः


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्