×

NMB BANK
NIC ASIA

कात्तिकदेखि होला त क्लिन फिड लागू ?

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विदेशी टेलिभिजनमा नेपाली विज्ञापन हाल्न नपाइने प्रावधानसहित आगामी कात्तिक ८ भित्र क्लिन फिड लागू गर्न संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले अघिल्लो वर्ष पारित गरेको विज्ञापन ऐनमा कात्तिक ८ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था छ ।

Muktinath Bank

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सरोकारवालासँगको छलफलमा यस्तो निर्देशन दिएको हो । समितिले सरकारलाई विज्ञापन ऐनबमोजिम गठन गर्नुपर्ने विज्ञापन बोर्ड कात्तिक ७ भित्र गठन गर्न र क्लिन फिड लागू गर्न निर्देशन दिएको छ । ऐन लागू भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान छ । गत वर्ष कात्तिक ८ मा राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले नेपाली टेलिभिजनको प्रवर्द्धन गर्न विदेशी च्यानलमा नेपाली विज्ञापन प्रसारण गर्न नपाइने प्रावधान राख्न पनि सरकारलाई निर्देश गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन हाल्ने नीति (फिड इन) नलिन समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिको तीनबुँदे निर्णयमा भनिएको छ । समितिले ऐनको कार्यान्वयनबाट कतिवटा विदेशी च्यानलको प्रसारण रोकिने अवस्था छ, तिनले पार्ने सकारात्मक एवं नकारात्मक प्रभावबारे मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न पनि भनेको छ ।

Vianet communication
Laxmi Bank

क्लिन फिड कार्यान्वयनका लागि विज्ञापन एजेन्सीसहित विदेशी च्यानलको डाउनलिंक अनुमति पाएका कम्पनीले समेत माग गर्दै आएका छन् । विदेशी टेलिभिजन च्यानलको नेपालमा डाउनलिंक अनुमति लिएर वितरण गर्दै आएको डिजिटल सिस्टम अफ नेपालका प्रमुख कार्यकारी अधिकृत शिव निरौला समितिको निर्णय सही भएको टिप्पणी गर्छन् । उनको कम्पनी सोनी पिक्चर नेटवर्क इन्डिया प्रालि, इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन, डिस्कभरी नेटवर्क एसियाको नेपालका लागि आधिकारिक वितरक हो ।

क्लिन फिड तोकिएको समयमा लागू गर्न मन्त्रालयलाई पहिलोपटक आफ्नो कम्पनीले प्रतिबद्धतापत्र दिएको उनको दाबी छ । ‘तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा पदमा रहेको अवस्थामै हामीले डाउनलिंक अनुमति पाएका विदेशी च्यानलमा क्लिन फिड लागू गर्छौं भनेर प्रतिबद्धतापत्र बुझाइसकेका छौं,’ उनले भने, ‘क्लिन फिड लागू भएपछि उपभोक्ताले विदेशी विज्ञापन हेर्नुपर्दैन भने नेपाली कलाकार र प्राविधिकका लागि रोजगारीको अवसर सिर्जना हुनेछ ।’

पछिल्लो पटक सरकारले २०७३ सालमा पनि क्लिन फिड लागू गर्ने नीति कार्यान्वयन गर्ने भने पनि अन्तिम समयमा आएर योजना स्थगन भएको थियो । क्लिन फिड लागू भएसँगै विशेषगरी भारतीय च्यानल प्रभावित हुनेछन् । २०७६ कात्तिक ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी च्यानलले क्लिन फिड प्रसारण गर्नुपर्ने प्रावधान छ ।

ऐनमा विदेशी च्यानलले नेपालमा प्रसारण हुँदा विज्ञापन बजाउन नपाउने साथै विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने व्यवस्था पनि छ । विज्ञापनको नियमनसम्बन्धी काम गर्न विज्ञापन बोर्ड गठन गर्ने प्रावधान पनि ऐनमा छ । बोर्डको अध्यक्ष नेपाल सरकारले नियुक्त गरेको व्यक्ति हुने र यसको सदस्यमा गृह मन्त्रालयका सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ ।

बोर्डमा सरोकारवाला निकायबाट मन्त्रालयले मनोनयन गरेका एक सदस्य र उपभोक्ता हित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको एक महिलासहित तीन जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सदस्यका रूपमा मनोनयन गर्न सक्ने प्रावधान ऐनमा छ । ०७३ साउन ७ मा मन्त्रिपरिषद्ले विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने गरी क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो ।

सरकारले राष्ट्रिय आमसञ्चार नीति, ०७३ स्वीकृत गर्दै ०७४ साउन १ देखि क्लिन फिड लागू गर्ने निर्णय गरेको भए पनि योजना कार्यान्वयनमा आएन । सरकारले ०७५ साउनदेखि क्लिन फिड नीति लागू गर्ने भनी सार्वजनिक सूचना प्रकाशन गरे पनि अन्तिम समयमा आएर रद्द गरियो । कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x