२७ जेठ २०८३, बुधबार

यी यूट्युबरले बनाए प्याराग्लाइडिङ खाट

असोज ८, २०७७
यी यूट्युबरले बनाए प्याराग्लाइडिङ खाट

टर्कीमा एक यूट्युबरले प्याराग्लाइडिङ खाट बनाएका छन् । उक्त खाटमा एउटा बत्ती, टेबल, खेलौना र अलार्म घडी समेत छ । 
 

हसन कवाल नामक ती यूट्युबरले दक्षिणी टर्कीको एक पहाडबाट प्याराग्लाइडिङ गरेका हुन् । यूट्युबमा उनका ३० हजार फलोअर छन् । 

उक्त प्याराग्लाइडिङ खाट हावामा उडेपछि ती यूट्युबरले आँखा छोप्ने मास्क लगाएर सुतेका थिए । प्याराग्लाइडिङ खाट अन्ताल्या शहरमाथि उड्दै गर्दा उनी सुतेका थिए र समयमा उठ्न उनले अलार्म घडी राखेका थिए । 
 

अलार्म बजेपछि उनले खाटलाई नजिकैको तटमा मज्जाले अवतरण गराए । 

यसअघि पनि कवालले टर्कीको ओलुदेमिजमा सोफामा बसेर टेलिभिजन हेर्दै प्याराग्लाइडिङ गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्