×

NMB BANK
NIC ASIA

कार्यसम्पादन मूल्यांकनको सुधारले बढाउँछ कर्मचारीको कामको नतिजा

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • गोकर्ण राज सुयल

राष्ट्रको स्थायी सरकारको रूपमा मानिने निजामती प्रशासनको कार्यसम्पादन अपेक्षाकृत प्रभावकारी नभएको राजनीतिक, प्राज्ञिक र अन्य क्षेत्रका व्यक्ति एवं समुदायको धारणा रहेको छ । पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्ती र भष्टाचार कमजोर कार्यसम्पादनका कारक हुन् भन्न संकोच मान्नु नपर्ला ।

Sagarmatha Cement
Muktinath Bank

त्यसो त कर्मचारीले कार्यसम्पादन गरेकै छैनन् भन्ने बुझाइ पनि होइन । निजामती सेवाभित्र उच्च कार्यसम्पादन भएका कर्मचारी नभएका पनि होइनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारीले गरेका कामको प्रत्येक आर्थिक वर्षमा मासिक, चौमासिक, वार्षिक रूपमा सरोकारवाला समेतको उपस्थितिमा कार्यसम्पादन समीक्षा वा मूल्यांकन हुने गरेको पाइन्छ । सरकार त्यसैलाई बजारीकरण गर्दै जनतामाझ जाने गरेको छ । 


Advertisment
SBL

कार्यसम्पादन गर्न स्रोतसाधनको परिचालन गर्नुपर्छ । स्रोतसाधनमा श्रम, सूचना, समय, भौतिक पूर्वाधार एवं संरचना र वित्तीय स्रोत पर्छन् । निर्जीव साधनलाई जीवन्त बनाई अधिकतम परिचालन गर्न मानव साधनको आवश्यकता पर्छ । मानव साधनले जहिले पनि न्यून लागतमा उपयुक्त समयमा महत्तम प्रतिफल दिन सक्नुपर्छ । अर्थात् श्रमको उपादकत्व बढाउनुपर्छ । श्रमको प्रभावकारिता लाभ, लागत, गुणस्तर, समय आदिका आधारमा मापन गरिन्छ । निजामती सेवा ऐन २०४९ र नियमावली २०५० मा समेत कार्यसम्पादन मापनका आधारको रूपमा यिनै विषयलाई आधार बनाइएको छ । 

Vianet communication
Laxmi Bank

निजामती कर्मचारीको वार्षिक एवं अर्धवार्षिक रूपमा कार्यसम्पादन मूल्यांकन हुने गरेको छ । प्रायः सबैको शतप्रतिशत अंक एवं अतिउत्तम कार्यसम्पादन गरेको सुपरीवेक्षणको टिप्पणी रहेको देख्न र सुन्न पाइन्छ । निजामती कर्मचारीको कार्यसम्पादन मापनयोग्य नहुनुका पछाडि धेरै कर्मचारीले आफ्नो कार्य विवरण प्राप्त गरेको हुँदैन र कतिपयले लिन रुचाउँदैनन् पनि । कार्यसम्पादनको लागि चाहिने अधिकार तथा दायित्वको समेत बोध हुँदैन । आकस्मिक रूपमा हुने सरुवा, कार्य गर्ने र नगर्नेबीच विभेद नहुँदा निजामती प्रशासनको कार्यसम्पादनस्तर कमजोर हुँदै गएको छ । दबाब, प्रभाव र अभावको बहाना बनाइ उम्कन खोज्ने त धेरै छन् भने चाकडी र चाप्लुसीले यसलाई थप मलजल गरेको छ । कार्यसम्पादन मूल्यांकन राजनीतिक दल र उच्च प्रशासकबाट हुने हो नकि आफ्ना निकटतम सुपरीवेक्षकबाट भन्ने मनोबल बाक्लिँदै छ ।

निजामती कर्मचारीको कार्यक्षेत्र नागरिकको जन्मदेखि मृत्यु पर्यन्त जोडिएको छ । कतिपय कार्यलाई सरल र सहज ढंगले समय, लागत, गुणस्तर र परिमाणको आधारमा विभाजन गरी कार्यसम्पादन मूल्यांकन गर्न कठिन भएता पनि अधिकांश कामलाई वस्तुगत सूचकको आधारमा मापन गर्न सकिन्छ ।

एउटा सडक डिभिजन कार्यालयको प्रमुखको कार्यसम्पादन मूल्यांकनलाई उसले वर्षभरिमा निर्माण एवं मर्मत गर्ने सडकको लम्बाई, संख्या, गुणस्तरको आधारमा लक्ष्य तोकी मापन गर्न सकिन्छ । वार्षिक कार्यक्रम अनुसार १५ वटा पुल निर्माण गर्नुपर्ने भएमा कम्तिमा ५ वटा पुलको खरिद व्यवस्थापन कार्यसम्पन्न गर्ने, ५ वटा पुलको भौतिक प्रगति ५० प्रतिशतभन्दा माथि पुर्‍याउने र ५ वटा पुल पूर्ण रूपमा सम्पन्न गर्ने गरी लक्ष्य तोकी कार्यसम्पादन मूल्यांकन गर्न सकिन्छ । निजको कार्यसम्पादनको स्तरलाई वृत्ति विकाससँग जोड्ने दरिलो व्यवस्था हुने हो भने डिभिजन प्रमुख मन, वचन र कर्मले लक्ष्य पूरा गर्न तयार हुन्छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को कार्यसम्पादन मूल्यांकनको आधारको रूपमा शान्ति सुरक्षा र व्यवस्था, नागरिकता वितरण, घुम्ती शिविर सञ्चालन, अर्धन्यायिक निर्णय वा फैसला, राहदानी वितरण, गुनासो सुनुवाइ, भष्टाचार नियन्त्रण, अपराधको संख्यामा कटौती, उद्धार एवं राहत र सुशासनलाई कार्यसम्पादन मूल्यांकनको आधारको रूपमा लिन सकिन्छ । वित्तीय व्यवस्थापन शाखामा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्यांकन आर्थिक कारोबारको नियमित प्रतिवेदन, वित्तीय प्रगति, लेखापरीक्षणबाट निस्केको बेरुजु र सोको फर्छ्यौट, समयमा बजेट निकासा र स्रोत व्यवस्थापन आदि विषयलाई आधार बनाउन सकिन्छ । 

कार्यसम्पादन मूल्यांकनलाई प्रभावकारी र स्वीकारयोग्य बनाउन कार्यालयले सम्पादन गर्ने कार्यलाई साना–साना एकाइमा खण्डित गर्नुपर्छ । कामलाई टुक्र्याउने, त्यसको लक्ष्य तोक्ने र आवश्यक स्रोतसाधनको व्यवस्थापन सम्बन्धमा प्रत्येक कर्मचारीलाई स्वघोषणा गर्न दिनुपर्छ । यसले कर्मचारीलाई आफ्नो कामप्रति प्रतिबद्धता, उत्तरदायी र जवाफदेही बनाउँछ । जसले गर्दा स्वच्छ प्रतिस्पर्धात्मक भावनाको विकास भई कार्यसम्पादनस्तरमा सुधार आउने छ । कर्मचारीलाई जति बढी स्वायत्तता दिइन्छ, परिमाण, लागत, गुणस्तरमा र समयमा त्यत्ति नै बढी कर्मचारी प्रतिस्पर्धी हुन्छन् । यसको लागि योग्य क्षमतावान र समूह कार्यमा जोड दिने सुपरीवेक्षक वा हाकिम चाहिन्छ ।

प्रत्येक कर्मचारीले आवको पहिलो हप्तामा आफ्नो कामको लक्ष्य सहितको कार्यविवरण तयार गर्छ, मूल्यांकनका आधार तयार गर्छ, सोको लिखित सम्झौता सुपरीवेक्षकसँग गर्ने व्यवस्था गरिनुपर्छ । सुपरीवेक्षकले समेत यसैलाई आधार बनाई मासिक, चौमासिक र वार्षिक रूपमा कार्यसम्पादन गर्छन् । उनीहरूले आफ्नो कार्य र प्रतिवद्धताको समीक्षा गर्छन् । हालको कार्यसम्पादन करार यसैको एउटा रूप हो । यसको लागि उपयुक्त ढाँचा सहितको कार्यविधिको आवश्यकता पर्छ । कर्मचारीको क्षमता विकासमा जोड दिनुपर्छ । सूचना प्रविधिमा आधारित स्वचालित प्रणालीको रूपमा विकास गर्न सके यस कार्यको वस्तुनिष्ठता र विश्वसनीयता उचो बनाउँछ । यसले निजामती प्रशासनलाई हाकिमीशैली, ढिलासुस्ती र भष्टाचार जस्ता बिमारबाट मुक्त गराउन मद्दत गर्छ । 

कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्थापकले कार्यसम्पादनलाई कर्मचारीको वृत्तिविकास, अध्ययन, अवलोकन भ्रमण, अतिरिक्त सुविधा जस्ता सकारात्मक उत्प्रेरणासँग आवद्ध गर्नुपर्छ भने ढिलासुस्ती गर्ने कामचोर प्रवृत्तिलाई निरुत्साहित गर्न सक्नुपर्छ । राजनीतिज्ञ र उच्च प्रशासकले समेत देशको विकास र समृद्धिसँग जोडिएका विकास आयोजना वा उच्च प्रोफाइलका जिल्लामा रहेर कार्य गर्न चाहने कर्मचारीसँग कार्यसम्पादन करार गरी सरुवा, बढुवा लगायतका वृत्तिविकासमा कार्यसम्पादन मूल्यांकनको स्तरलाई एक मात्र आधार बनाइनुपर्छ । तोकिएको समयभित्र प्रतिबद्धता अनुसार कार्य नगर्ने वा गर्न नसक्ने कर्मचारीको वृत्तिविकास रोक्ने, अध्ययन अवलोकन भ्रमणबाट वञ्चित गर्ने व्यवस्था हुने हो भने अहिलेको विकासे र आर्थिक कारोबार बढी हुने अड्डामा जान कर्मचारी वृत्तमा हुने चलखेल असाध्यै कम हुने देखिन्छ । 

अतः कर्मचारीको कार्यसम्पादनलाई मापनयोग्य बनाउन कार्यलाई सरलीकरण एवं खण्डीकरण गर्नुपर्छ । कर्मचारीलाई कार्यसम्पादन सूचक, लक्ष्य समेत तोक्न लगाई जिम्मेवार र जवाफदेही बनाइनुपर्छ । आफ्नो कामको मूल्यांकन आफैं गर्ने परिपाटीले कर्मचारीमा प्रतिस्पर्धा हुने र प्रणालीप्रति विश्वास आर्जन हुन्छ । कर्मचारीले हाकिमको भन्दा कामको चाकडी गर्न थाल्छन् । यसले समग्र निजामती प्रशासनको छविमा निखारता ल्याउँछ । आश र त्रासको आधारमा कार्यसम्पादन मूल्यांकन अंक बढाउने र घटाउने परिपाटीको अन्त्य हुन्छ । व्यक्तिको क्षमता र कार्यम्पादनस्तरमा आउने सुधारले नै देश र समग्र नागरिकको जीवन समृद्ध बनाउँछ भन्ने सन्देश प्रवाह हुन्छ ।

(लेखक सुयल रौतहटको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका लेखा अधिकृत हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x