काठमाडौं-केरुङ रेलमार्ग : चिनियाँ भू-भागतर्फ प्रारम्भिक भौगोलिक अध्ययन सकियो

चिनियाँ अधिकारीहरूले केरुङ-काठमाडौँ रेलमार्गको प्रारम्भिक भौगोलिक सम्भाव्यता अध्ययनको काम सकिएको दाबी गरेका छन् ।

सरकारनियन्त्रित चिनियाँ सञ्चारमाध्यमहरूले चीनतर्फको क्षेत्रमा सम्भाव्यता अध्ययन पूरा भएको बताए पनि अध्ययनको निष्कर्ष भने सार्वजनिक भएको छैन ।


Advertisement

गत सालको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणताका सीमापार रेल्वे संचालनका विषयमा सम्झौतासमेत भएको थियो । त्यसपछि नेपाली र चिनियाँ संयुक्त टोलीले सम्भाव्यता अध्ययनको काम शुरू गरेको थियो ।

चिनियाँ अधिकारीहरूले अहिले चीनतर्फको प्रारम्भिक अध्ययन सकिएको दाबी गरेका हुन् ।   


Advertisement

चिनियाँ जनमुक्ति सेनाका एक अधिकारी शेन सुवेइले ट्वीटरमार्फत सम्भाव्यता अध्ययन प्रतिवेदन दुवै टोलीमा आदान प्रदान भइसकेको दाबी गरेका छन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्