वैशाखमा एकता महाधिवेशन गर्ने राप्रपाको निर्णय; झण्डामा गाई, चुनाव चिह्न हलो

पूर्वपञ्चको पार्टी राप्रपाको एकता महाधिवेशन आगामी २०७८ वैशाखमा हुने भएको छ । 

पार्टी एकतापछि मंगलवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले वैशाख २५ देखि २८ सम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । 


Advertisement

बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाको झण्डामा गाई र चुनाव चिह्न हलो राख्ने समेत निर्णय भएको छ ।


Advertisement

पटक–पटक टुटफुट र विभाजन व्यहोरेको राप्रपामा चुनाव चिह्नको विवाद थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्