नयाँ कमेडी सिरियल 'अड्डा' आज राति ९ बजेबाट कमेडी प्लस टेलिभिजनमा


दर्शकहरुको रुचि अनुसार डिशहोमले सुरुगरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा, आज बाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ शुरू हुँदैछ ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन ।


Advertisement

भण्डारी का अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि । अड्डा केही फरक प्रस्तुति लिएर आएको छ ।
डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा  ‘अड्डा’ हेर्न सकिने छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्