×

NMB BANK
NIC ASIA

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो ।

Muktinath Bank

सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधबार हो, तर आजदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुसन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

मध्य र पूर्वमा अहिले पूर्ण बदली छ । राति अझै वर्षा हुने क्रम बढ्ने छ । अहिले सुदूरपश्चिममा भने अलि कम बदली रहे पनि रातीदेखि भने बढ्नेछ र केही स्थानमा वर्षा हुने जनाइएको छ । “देशका धेरै जसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रम तीन दिनसम्म नै रहन्छ । कतिपय स्थानमा झरी नै पर्छ”, अर्यालले भने ।

Vianet communication
Laxmi Bank

न्यून चापीय क्षेत्र विस्तारै उत्तरपश्चिम आउँदै छ । यसरी आउनु भनेको नेपालको मौसम बदलीमा सहयोग गर्नु हो । अहिले पश्चिमतिर अलि माथि आउने र त्यसपछि मध्य पूर्वतिर सर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय रेखा नेपाल नजिक आउँदा भारी वर्षाको सम्भावना हुन्छ ।  

विगतमा तीन/चार दिन नेपालमा राम्रो घाम लागेको थियो । छिटफुटबाहेक मौसम बदली थिएन । यो बेला भारतमा उच्च चापीय क्षेत्र बनिसकेको थियो । त्यो सर्दै नेपाल आउँदा अब विस्तारै यसपालिको मनसुन हट्ने विश्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चापीय क्षेत्र त्यहीँ बिलाएर गयो र न्यून चापीय क्षेत्र बन्न पुग्यो । त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो । 

मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ । अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव बुधबारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यसक्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउने छ । 

यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् । यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्राप्त विवरणअनुसार बाढी पहिरोबाट वैशाखयता ३७५ को मृत्यु, १०० बेपत्ता र ४२० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ वेपत्ता भए ।  अधिकांश घटना जेठ ३० गते मनसुन सक्रिय भएपछि घटेको छ । यसपालि नसोचेको क्षेत्रमा अपत्यारिला घटना भएका छन् । 

यस्तो छ मनसुनको ताजा अवस्था 

हाल उत्तरपूर्व बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । उक्त न्यून चापीय क्षेत्र पश्चिम र उत्तरपश्चिम सर्दैछ । यसरी सर्नु भनेको नेपालमा बदली हुनु हो । नेपालको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशमा सामान्य बदली रहेको छ । अहिले वाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १ र २ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । 

नेपालको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि देशका अधिकांश नदीमा बहाव बढ्ने र असोज ७–१० गते देशै भरका नदीमा बहाव बढ्ने तर सतर्कता तलै हुने जनाइएको छ ।

असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत जनाइएको छ । आज मुख्यगरी प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुरमा उच्च जोखिम रहेको जनाइएको छ । त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ । 

महाशाखाले कन्काइ वाग्मती, तिनाउ वाणगङ्गा, पश्चिम राप्ती बबईका सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको मध्यम जोखिममा रहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x