पछिल्लो २४ घण्टामा १३ सय ५६ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा २ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

मृत्यु हुनेमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलान्चोककी ५० वर्षीया महिला रहेका छन् ।


Advertisement

यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ को पीसीआर परीक्षण गरिएको छ भने तीमध्ये १३ सय ५६ मा संक्रमण देखिएको बताए ।


Advertisement

उनले यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको बताए ।

संक्रमण मुक्त भएर पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ भने हालसम्म ४८ हजार ६१ जना हालसम्म डिस्चार्ज भएका छन् ।

डा. गौतमले भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितको संख्या ३७ रहेको बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा जम्मा ६ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौँ जिल्लामा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा संक्रमण देखिएको हो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्