×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । 

Muktinath Bank

सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो १० दिनमा ४ जनाको यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजन शाह नेतृत्वको टोलीले चारै जनाको यो विधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए । ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्धतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको डा. शाहको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो,’ उनले भने, ‘अत्याधुनिक शल्यक्रियाको विधाको यो शल्यक्रिया बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ ।’ 

पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबीन पद्धतीबाट गर्न थालिएको छ । त्यसमध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबीन पद्धतिबाट नेपालका धेरै अस्पतालमा हुन थालेको उनको भनाइ छ । उनका अनुसार विशेषगरी पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अपरेशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेसन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतिबाट सम्भव छ । भारतलगायत विकसित मुलुकमा यस्तो शल्यक्रिया सामान्य हुँदै गए पनि नेपालमा यसको प्रयोग भर्खरै बिस्तार हुन लागेको बताइएको छ । दूरबीन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको डा. शाहको भनाइ छ । 

अहिले पाठेघरको शल्यक्रियाका लागि दूरबीन पद्धति बिरामीका लागि अधिक सुविधा र सहज भएको छ । नेपालमा यो पद्धतीको विस्तार नहुँदासम्म पाठेघर निकाल्न पेट चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर अहिले यो पद्धतिबाट पेटमा प्वाल पारेर पाठेघर निकाल्ने शल्यक्रिया सहज भएको छ । डा. शाहका अनुसार यस्तो पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी ३ दिनमै घर जान सक्छ । साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन सक्छ । पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ । नियमित काममा फर्कन बिरामीलाई धेरै समय लाग्न सक्छ ।

‘यो पद्धतीबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्नुपर्दैन, पेटमा सानो प्वाल पार्ने हुँदा बिरामी अप्रेशनपछि छिट्टै रिकोभर हुन्छ,’ उनले भने, ‘ल्याप्रोस्कोपिक सर्जरीको साइड इफेक्ट हुने सम्भावना पनि न्यून हुन्छ ।’

पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो । अहिले दूरबीनको प्रयोग अर्थात डाइग्नोस्टिक ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ । यो विधिबाट शल्यक्रिया गरिएको ४ मध्ये ३ जना डिस्चार्ज भइसकेको र १ जना उपचाररत रहेको डा. शाहले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x