भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

भोजपुरमा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । 

अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् ।


Advertisement

आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको माग अनुरुप नै यो कार्यालय स्थापना गरिएको बताए ।

जिल्लामा २ हजार २ सयभन्दा बढी करदाता रहेको कार्यालयको अनुमान छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्