लोकान्तरकर्मी थापा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

लोकान्तर डट कमका कर्णाली प्रदेश प्रतिनिधि शेरबहादुर थापा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले थापालाई पुरस्कृत गरेका हुन् ।


Advertisement

थापा १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

थापासँगै सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्