बोतलमा साँप बोकेर एक व्यक्ति अस्पताल पुगेपछि...

साँप देखेपछि जसलाई पनि डर लाग्छ । अझ गोमन साँप हो भने त तर्सेर सातो जान्छ ।

तर भारतको मध्य प्रदेशका एक व्यक्ति गोमन साँपले डसिसकेपछि त्यसलाई प्लास्टिकको बोतलमा बन्द गरेर अस्पताल पुगेका छन् । अनि त्यहाँ गएर उनले चिकित्सकहरूलाई भने, ‘मलाई यो साँपले डस्यो ।’


Advertisement

यसरी साँप लिएर आउने मान्छे देखेपछि सबैजना छक्क परे । प्लास्टिकको बोतलमा पाँच फीट लामो कालो गोमन देखेपछि छक्क पर्नु स्वाभाविक पनि हो ।

आफूले गोमन समात्न लाग्दा उसले टोकिदिएको र उसलाई सँगै ल्याउँदा उपचार सहज हुन सक्ने लागेको ती व्यक्तिले बताए ।


Advertisement

मोरगढीको एक घरमा साँप देखिएपछि मानिसहरूले ३२ वर्षीय मोहसिनलाई साँप पक्रिनका लागि बोलाए ।

मोहसिनले साँप त पक्रिए तर त्यसलाई बोतलमा हाल्ने क्रममा उसले उनलाई टोकिदियो ।

मोहसिन तत्कालै अस्पतालतिर दौडिहाले । आफूले सयवटा साँप पक्रिसकेको र पहिला पनि सर्पदंश खेपिसकेको मोहसिन बताउँछन् ।

अस्पतालाले उनलाई तत्कालै भर्ती गरेर उपचार शुरु ग–यो । उनी अहिले खतरामुक्त छन् ।

एजेन्सी

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्