राष्ट्रपति शीको आलोचना गर्ने व्यवसायीलाई १८ वर्ष कैद

चीनका राष्ट्रपति शी चिनफिङको कटू आलोचना गर्ने एक रीयल स्टेट व्यवसायी रेन जिक्याङलाई १८ वर्षको कैद सजाय दिइएको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा यस्तो सजाय दिइएको हो ।


Advertisement

चीनका सरकारी सञ्चारमाध्यमहरूले जनाएअनुसार चीनको एक अदालतले उनको भ्रष्टाचार मुद्दाको सुनुवाई गर्दै यस्तो निर्णय लिएको हो । भ्रष्टाचार, घुसखोरी र सार्वजनिक कोषको दुरुपयोगको मामिलामा उनलाई दोषी पाइएको हो ।

उनलाई ४२ लाख युआनको जरिवाना पनि सुनाइएको छ । गत मार्चमा उनले राष्ट्रपति शीको विरुद्धमा आलोचनात्मक लेख लेखेका थिए ।


Advertisement

लेखमा उनले शीको नाम प्रत्यक्ष रूपमा भने लिएका थिएनन् । उनी युआन प्रपर्टी कम्पनीका पूर्वअध्यक्षसमेत थिए । उनी मन्त्रालयका अधिकारीका छोरासमेत हुन् ।

 

 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्