बर्दियाका एक कोरोना सङ्क्रमितको मृत्य

कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको  मृत्यु भएको हो ।
  जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।  यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु  हुने पाँच जना पुगेका छन् ।  यसअघि कैलाली, अछाम, अर्घाखाँची र  सुर्खेतका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्