×

NMB BANK
NIC ASIA

डा. केसीमाथि प्रहरीको बलजफ्ती

असोज ७, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचको माग गर्दै डा. गोविन्द केसीले १९ औं सत्याग्रह सुरु गरेको मंगलबार नवौं दिन भए पनि सरकारले चासो देखाएको छैन । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला मात्रै डा. केसी आमरण अनशन बसेको यो पाँचौं पटक हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस पटक जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसी भने नेपालगन्ज हुँदै काठमाडौं आइपुगेका छन् । सोमवार नेपालगञ्ज झरेका उनी भोलिपल्ट जहाजबाट काठमाडौं आएका हुन् ।


Advertisment
Nabil box
Kumari

त्रिभुवन विमानस्थलमा उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । डा. केसीले उपचार गर्नै नदिने अडान लिएपछि साँझ शिक्षण अस्पताल जान दिइयो । हाडजोर्नी विशेषज्ञ डा. केसीले शिक्षण अस्पतालबाटै गत वर्ष अवकाश पाएका हुन् ।

Vianet communication
Laxmi Bank

‘नजाने भन्दाभन्दै प्रहरीले बलजफ्ती तानेर ट्रमा सेन्टरभित्र लग्यो,’ डा. केसीले भने, ‘म चोटपटक लागेको बिरामी होइन ।’

डा. केसीले यसपालि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने मागलाई पहिलो प्राथमिकता दिएर जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामस्टो मन्दिरमा भदौ २९ गते सत्याग्रह सुरु गरेका थिए । उनले १६ औं सत्याग्रहसमेत जुम्लामा गरेका थिए ।

ट्रमा सेन्टरमा रहेका बेला आफूलाई अरू कोहीसँग भेट्न नदिइएको गुनासो डा. केसीले गरे । ‘गृह र स्वास्थ्य मन्त्रालयको आदेश रे,’ उनले भने । उनले आफू शिक्षण अस्पतालको पूर्वकर्मचारी रहे पनि बिरामीको हैसियतले त्यहाँ भर्ना हुन पाउने अधिकार रहेको बताए । प्रहरीले भने चिकित्सकको सल्लाहबमोजिम ट्रमा सेन्टर लगिएको तर्क गरेको थियो ।

डा. केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले उनलाई ‘एनएक्स १’ मा राखिएको जानकारी दिए । यसअघि शिक्षण अस्पतालमा कार्यरत रहेका बेला डा. केसीले अनशन बस्ने ठाउँमा हाल कोभिड–१९ का बिरामी भएकाले उनलाई त्यहाँ राखिएको डा. काफ्लेले बताए । डा. केसीलाई आईसीयूमा राख्ने तयारी भए पनि उनी मानेनन् ।

डा. केसीले पछिल्लो सत्याग्रह घोषणा गरेपछि माग पूरा गर्नुको सट्टा संघीय तथा कर्णाली प्रदेशको प्रशासनले नागरिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाए । आफ्नो अभियानमा सहभागी हुनेलाई मात्र नभएर आफूसँग भेटघाट र बोलचाल गर्नेलाई समेत केरकार गर्न र तर्साउन स्थानीय प्रशासनलाई प्रयोग गरिएको उनको भनाइ छ । नेपाल चिकित्सक संघले तुरुन्त वार्ता गरेर मागहरूको सम्बोधन गर्दै डा. केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । डा. केसी संघका आजीवन सदस्य हुन् ।

उनले सत्याग्रह सुरु गर्नुअघि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारणको निःशुल्क उपचार गरेका थिए । उनलाई विभिन्न ठाउँमा स्थानीय सरकारले अवरोध पनि गरेका थिए ।

उनको समर्थनमा मंगलबार अपराह्न राजधानीको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन भएको छ । उनलाई सरकारले गरेको व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

कांग्रेस नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सत्याग्रहीमाथिको दुर्व्यवहार क्रूरताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । ‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन । तर अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रूर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ,’ उनले ट्वीट गरेका छन्, ‘सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्र सुधारका लागि डा. केसीले मात्र लड्नुपर्ने स्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । डा. केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्‍याएकामा भट्टराईले ट्विटरमा टिप्पणी गरेका छन्, ‘यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको कमाउनिस्ट शासन ? डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x