×

NMB BANK
NIC ASIA

कालोबजारी गर्नेबाट जफत गरिएको प्याज ६० रुपैयाँमा सर्वसाधारणलाई बेचिने

असोज ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘कर्मचारीले प्याज सिल गरेका छन्, कालोबजारी ऐनअनुसार मुद्दा दर्ता हुने प्रक्रियामै छ । तर प्याज बिग्रनेरनासिएर जाने अवस्था भयो,’ उनले भने, ‘पैसा धरौटी रकम खातामा जाने गरी प्याज बेच्ने निर्णय गरेका छौं ।’ सिल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको उनले जनाए ।


Advertisment
Nabil box
Kumari

कम्पनीले भने प्याज ढुवानी, प्याकेजिङ, कर्मचारी खर्चसहित जोडेर प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्ने दाहालले बताए । ‘भन्सार विन्दुको परल मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ । कृषि सुधार शुल्क, ढुवानी, लोडअनलोडसहित प्रतिकिलो ५२ रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘त्यसमा ७/८ रुपैयाँ जोडेर खाद्यले सर्वसाधारणलाई बेच्छ ।’

Vianet communication
Laxmi Bank

वाणिज्य विभाग, काठमाडौं महानगरपालिका, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले भदौ ३१ गते गरेको अनुगमनमा २१९ बोरा प्याज जफत गरेको थियो । ५०/५५ रुपैयाँमा खरिद गरिएको प्याज ११०/१२० रुपैयाँसम्ममा बिक्री गरेको, खरिद बिल र मूल्यसूची नराखेको कसुरमा अनुगमन टोलीले चुली सगरमाथा इन्टरप्राइजेज र एसके सप्लायर्सबाट उक्त प्याज जफत गरेको थियो ।

थापाथलीमा बिक्री काउन्टर राखेर प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक नेत्र सुवेदीले जनाए ।

भारतले भदौ २९ गतेदेखि निर्यात रोकेपछि नेपालमा कृत्रिम अभाव गराई प्याजको कालोबजारी भइरहेको छ । भारतले निर्यात बन्द गरेको २–३ दिनमै मूल्य दोब्बर भएको छ । भदौ ३१ गतेसम्म होलसेलमै प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो ।

अनुगमनकै क्रममा चुली इन्टरप्राइजेजमा २०० र एसकेमा १९ बोरा लुकाएको भेटिएको थियो । करीब १२ हजार किलो प्याज जफत गरिएको वाणिज्य विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए । व्यवसायीले मुद्दा जितेर सफाइ पाए बिक्री गरिएको प्याजको रकम फिर्ता पाउने उनले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x